Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमले शतप्रतिशत पालन गऱ्यो जनता कर्फ्यू


गान्तोक, 22 मार्च। भारतले कोविड-19 अर्थात कोरोना भाइरससित लड्ने नौलो प्रयासलाई अघि सार्दै आज आइतबार डाकेको राष्ट्रियस्तरको जनता कर्फ्यूलाई सिक्किमले शत प्रतिशत पालन गर्दै कोरोना विरुद्धको युद्धलाई समर्थन जनाएको छ। सिक्किमको चारै जिल्लाको मुख्यालय गान्तोक, नाम्ची, मगन र गेजिङलगायत मुख्य शहरहरू सिङ्ताम, रम्फू, पाकिम, सोरेङ, जोरथाङ पूर्णरूपमा लगडाउन रह्यो। प्रशासन र सरकारबाट भएको आह्वानलाई जनताले स्वेच्छाले स्वीकार गरेको पाइयो। पूर्व सिक्किमको राजधानी गान्तोकको एमजीमार्गमा केही भूसिया कुकुर बाहेक आम मानिसहरूको चहलपहल शुन्य थियो। फटाकफुटुक मिडिया कर्मी र पुलिस प्रशासनका सुरक्षाकर्मीहरू बाहेक कसैको पनि सडकमा उपस्थिति थिएन। यसैगरी राज्यको अरु शहरहरूको पनि स्थिति मानिस शुन्य बनेको थियो। राष्ट्रिय राजमार्ग र राज्य राजमार्गमा आपतकालिन र मिडियाको वाहन बाहेक कसैको वाहन चलेन। यसरी नै ग्रामीण क्षेत्रहरूबाट पनि ससाना हाट बजार बन्द रहेको समाचार जिल्ला स्तरीय प्रशासनिक सूत्रबाट प्राप्त भएको छ। भारत नेपालको सीमामा रहेको पश्चिम सिक्किमको उत्तरे बजार जस्तो सुदूरवर्ती ग्रामीण बजार समेत जनता कर्फ्यूको समर्थनमा उत्रिएर पूर्णरूपमा बन्द पालन गरेको छ। सिक्किमको अहिले खुल्ला रहेको प्रवेश नाका रम्फू र मल्ली पनि सामान्य दिन भन्दा शून्य प्रायः वाहन चलाचल भएकोले स्थितिलाई नियन्त्रण गर्न धेरै सुविधा भएको नाकामा तैनाथ स्वास्थ्यकर्मी र प्रशासनले बताएका छन्। अर्कोतिर वाहन पूर्णरूपमा चलाचल ठप्प भएको कारण ट्राफिक व्यवस्थामा अहिलेसम्म आइरहेको प्रतिकूल प्रतिक्रिया दिन भरिको निम्ति भएपनि शान्त भएको छ। अधिकाङ्श शहरहरू बन्द अनि जनजीवन सबै घरभित्रै बसेको कारण देशले गरेको घोषणालाई सिक्किमे जनताले मनबाटै समर्थन गरेको स्पष्ट भएको छ। देशमा चार सयको हाराहारीमा कोरोना पुष्टिभएका विरामी देखापरेको अवस्थामा हिमाली राज्य सिक्किममा अहिलेम्म एकजना पनि कोरोना पुष्टी भएको छैन। यसैगरी अहिलेसम्म आज बिहानको आँकडा अनुसार सिक्किममा 45 जना यात्रीलाई निगरानीमा राखिएको छ भने 135 जनालाई क्यूमिलेटिव निगरानीमा राखिएको छ भने 13 जनाले 28 दिनको निगरानी सम्म पार गरिसकेको छ। यसैगरी 4 जनालाई 4 जनाको शङ्केत पाइएको अनि ती मध्ये 2वटा स्याम्पल जाँचमा कोरोना नभएको पुष्टी भएको छ भने 2 जनालाई अस्पतालमा भर्ती गरेर निगरानीमा राखिएको छ जुन अहिलेसम्म विश्वभरि आतङ्कित अवस्था रहेकोभए पनि सिक्किमको निम्ति सकारात्मक देखिएको छ। तर निकट भविष्यमा यसबाट बाँच्नको निम्ति अझ सतर्क रहन आवश्यक रहेको छ।
जनता कर्फ्यू पछि सिक्किमे जनताले पनि प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आह्वानलाई पालन गर्दै घर घरबाट थाल, थप्पडी, शङ्ख, घण्टी, पुलिसले साइरन बजाएर कोरोना भाइरसको विरूद्ध लड्न खटिरहेको स्वास्थ्य कर्मी र अऩ्य कर्मचारीहरूको सम्मान जनाए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!