Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमव्यापी लकडाउनमा पहिलो दिन सबैले जनाए समर्थन


25 नयाँ कोरोना सकारात्मक सितै राज्यको आँकडा पुग्यो 330

गान्तोक, 21 जुलाई । सिक्किममा कोरोना भाइरसको प्रकोप सामुदायिक स्तरमा नफैलियोस भन्ने सोंच राखेर सिक्किम सरकारले घोषित गरेको सप्ताहब्यापी सम्पूर्ण राज्यको तालाबन्दीलाई जनताले सफलतापूर्वक पहिलोदिन पालन गरेको देखियो।


राज्यको चारेवटा जिल्लामा सम्पूर्ण शहर बजार र बाटो-घाटोमा मानिसहरूको आउजाउ अनि यातायात ठप्प भएको थियो। त्यसो त जनताको स्वेच्छाले सिङ्ताम, दिक्चू र सोरेङ बजार हिजोदेखि नै लकडाउनमा रहेको थियो। जुन आगामी 31 जुलाईसम्म जारी राख्ने जनताले निर्णय गरिसकेको छ। यसरी नै पूर्व जिल्लाको पाकिम र रोङ्ली महकुमामा अघिबाटै 31 जुलाईसम्म लकडाउन चलिरहेको छ।

Insert your Ads code here

सम्पूर्ण रज्य लकडाउनको पहिलो दिन जनताले सचेतना देखाउँदै घर भित्रै बसेर कोरोना भाइरसको साङ्लो चुडाउने लक्ष्यले घोषित लकडाउन पूर्णरूपमा पालन गरेको देखियो। आपतकालिन सेवा र स्वास्थ्य तथा आवश्यक सेवाहरूको निम्ति जरुरी पर्मिट सहितको वाहनहरू बाहेक अनहाकमा गुड्ने वाहनहरू पूर्णरूपमा बन्द भएको छ। यसबारेमा राजधानी गान्तोकलगायत जिल्लाभरि ट्राफिक व्यवस्थापनको निम्ति जनतालाई लकडाउन एकमा जस्तो जबर्जस्ति दबाउ दिनुनपरेको अनि जनताले बुझकी भएर लकडाउनलाई समर्थन जनाएको ट्राफिक वभागका अतिरिक्त पुलिस अधिक्षक अर्जुन तामाङले बताए। उनले खुशी व्यक्त गर्दै यस पटक कानुन आदेश र सम्बन्धित दिशा निर्देशबारे जनता स्वयं सचेत भएर पालन गरिरहेको छ जुन जनतामा आएको सतर्कता र जागरुकताको प्रतिफल मान्न सकिन्छ भन्ने मन्तव्य व्यक्त गरे।

यसैगरी राजधानी गान्तोकको एमजी मार्गका पसलेहरूले सरकारको निर्णय सही रहेको अनि यो लकडाउनले मात्र कोरोना भाइरसलाई सामुदायिक स्तरमा रोक्न सकिने भएको हुनाले राजधानी वासी पसलेहरू सबैले यसलाई समर्थन जनाउँदै पालन गर्ने निर्णय गरेको बताएका छन्। यसरी नै राज्यको अन्य जिल्लाहरूमा मानिसहरू आफैंले बार र नोटिश बोर्ड झुण्डाउँदै गाउँलाई सुरक्षित गर्न अभियान सञ्चालन गरिरहेका छन्। यसै क्रममा उत्तर सिक्किमको लोअर जङ्गूको लूमका गाउँकाहरूले बार लगाएर गाउँ प्रवेश सबैतिरबाट निशेष गर्ने सचेतमा अवलम्बन गरेको छ।
यसैगरी अहिले जनताले आफ्नो ठाउँ आफैं बचाउँ भन्ने सिद्धान्तलाई अवलम्बन गरेको देखिन्छ। जनताले सचेतना पूर्वक निर्णय लइरहेका छन्। अर्कोतिर कोरोना भाइरसको संक्रमणको आजको स्थिति हेर्ने हो भऩे स्वास्थ्य विभागबाट जारी गरेको आँकडामा नयाँ 25 वटा सकारात्मक मामिला थपिएको छ। ती मध्ये एक जना दक्षिण सिक्किमका हुन भने रहल 24 जना पूर्व सिक्किमको रहेका छन्। यसका साथै राज्यमा अब जम्मा 330 जना संक्रमित भएको पुष्टि भएको छ भऩे 108 जना पूर्णरूपमा निको भइसकेका छन् अनि 222 जनाको अहिले उपचार चलिरहेको छ।

आजसम्म 17564 जनाको कोविड-19 जाँच गरिएको छ। जसमा तीन प्रक्रिया आरटीपीसीआर ट्रूनेट र एण्टे जेनबाट जाँच गरिएको स्वास्थ्य विभागले बताएको छ। उपचाराधिनहरूमध्ये सात जना गेजिङ जिल्ला अस्पतालको अधिनस्थ आयुष कोविड अस्पतालमा रहेका छन् भने 215 जना एसटीएनएम अस्पतालमा रहेका छन्। विशेषरूपमा आजको सकारात्मक मामिलहरू रम्फूको घटनासित सम्पर्कमा रहेकाहरूको अत्याधिक रहेको थाहा लागेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!