Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमेको अधिकार सुरक्षा दिल्लीले गर्दैन भने सिक्किमे जनताले गरिदिन्छन्ः डीएन नेपाल


गान्तोक, 24 अप्रेल। सिक्किममा भारतीय जनता पार्टी (भाजपा) र वर्तमान सरकारको क्रियाकलापमाथी कडा कटाक्ष प्रहार गर्दै लामो समयपछि मातृभूमि सुरक्षा संगठन्का संयोजक डीएन नेपालले आफू समेत सदस्य रहेको भाजपाको सिक्किमे प्रतिको नियतमाथि सोझो धावा बोलेका छन्। उनले एउटा भिडियो र प्रेस यो प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, जब पनि समाज र मातृभूमीलाई आवश्यकता पऱ्यो तब मातृभूमि सुरक्षा संगठन् बोलेकै छ। यसपाला मातृभूमि सुरक्षा संगठनले पुन एक दुई गम्भीर बिषयको उठान गर्दैछ भन्दै उनले भनेका छन्, “ पहिलोमा भारतीय राजनीतिमा मोदी अमित शाह,योगी जस्ता नेताले भारतीय जनता पार्टीको नेतृत्व गरेर राजनीतिलाई त्यो उचाईमा पुऱ्याइदिएका छन् जसको निम्ति आज प्रत्येक भारतीय गर्वावन्ति छ। कश्मिर जस्तो खील बसिसकेको देशको समस्या मोदी सरकारले सुल्झाई दिएको छ। आज आंतकावादमा लगाम लागेको छ। डिमोनिटाईजेसन गरेर मोदीजीले आर्थिक क्रान्ति गरिदिएका छन् । तर दुःखको कुरो त्यही भारतीय जनता पार्टीको मोदी नेतृत्वाधिन सरकार केन्द्रमा र यसकै सहयोगी सरकार राज्यमा हुँदा पनि सिक्किमका कुनै समस्याको सुनवाई भएको छैन। राज्यमा तामाङ मुख्यमन्त्री, लिम्बु लोकसभा सदस्य भएको पार्टीको केन्द्रको तालमेल र सहयोगमा बनिएको सरकारमा सिक्किमको मुद्दाहरू उठान गर्नुपर्ने समयमा सिक्किमको भारतीय जनता पार्टी दलाली अन्तर्रकलहको दुर्गतीमा छ। भारतीय जनता पार्टीको सिक्किम च्यापटरमा सिक्किम विरोधी सिक्किमे नेपाली विरोधी र हिन्दु विरोधीहरूको जमावडा भएको छ। म स्वंय पनि पन्डित दिन दयाल उपाध्यायले स्थापना गरेको मोदीजीको भारतीय जनता पार्टीको सदस्य हुँ तर अहिले मलाई सिक्किममा म भारतीय जनता पार्टीको सदस्य हुँ भन्न लाज लाग्ने स्थिति सिर्जना भएको छ। ”
यस्तो किन र कसरी भयो भन्ने विषयमा उनले अझ थपेका छन्, “सिक्किममा बितेको साल जुन मानिसलाई सिक्किम प्रदेश भारतीय जनता पार्टीले पार्टी सदस्यता ग्रहण समितिको मुखिया बनाएको थियो जगत सिङ्घीलाई उनी सिक्किमे विरोधी भएको कुरा जग जाहिर छ। कुनै समय उनले सिक्किमका मुख्यमन्त्री लगायत सिक्किमेहरू सबै विदेशी हो भनेर लाञ्छऩा लगाउँदा सिक्किम सिटिजन फोरमको ब्यानरमा बी.एल. हाउसमा सिक्किमे जनता भेला भएर जगत सिङ्घीलाई सार्वजनिक माफिमाना गराएको थियो। व्यक्तिगत तवरमा मेरो उऩीसित नराम्रो केहि छैन तर जब सिक्किमको सामाजिक र राजनैतिक कुरा उठछ त्यो इतिहास भुल्न सकिन्न। यस्तो महाशयलाई यत्रो जिम्मेदारी दिनुको अर्थ के थियो सिक्किमेको छात्तीमा लात होइन र?”
यसैगरि सिक्किम भाजपाका कोषाध्यक्ष कैलाश अग्रवालले फेरि सिक्किमे महिला माथि जुन दुर्वव्यहार गरेको छ त्यो यही सिक्क्मिे विरोधी सिलसिलाको अर्को कडी हो। अझ गम्भिर कुरा के छ भने उक्ता महासयले पहिले पवन चामलिङको समयमा उनैसित अहिले पीएस गोलेको समय गोलेसित म आरएसएसको मान्छे हो भन्दै दलाली गर्दैछ भन्ने संयोजक नेपालले गम्भीर आरोप लगाएका छन्। उऩले भनेका छन् आरएसएसको कुनै पनि स्वंयसेवकले म स्वंयसेवक हूँ भनेर दुनियाँको आघाडि धाक दिई हिँडदैन। उसको कर्तव्य , व्यवहार र चरित्र नै उसको पहिचान हो।
यसैगरि उनले भाजपाको नेताहरूको कथनी र करणी सही नरहेको खुलासा गर्दै भनेका छन्, धर्म र धर्म परिवर्तनको मुद्दा उराल्ने भारतीय जनता पार्टीको नेताहरूलाई थाह हुनुपर्छ सिक्किममा धर्म परिवर्तन सबैभन्दा बेसी सिक्किममा भारतमा विलय पछि नै भएको हो। अहिले सिक्किममा गैर कानुनी तरिकाले छिरेका बङलादेशी, नेपाली र अन्य रोहिङग्या मुसलमानहरूको भींड बढदैछ। यही सिलसिलाको एउटा कडी हो जलुकको गरीब जनता निस्कासन काण्ड। यस्तो महामारीको समय यस्तो दानवीय हुकुम कल्पना बाहिरको कुरा हो । राजाको समयमा गैर सिक्किमेहरूलाई सरकारको कामको निम्ति झिकाउएको थियो भने पनि तिनीहरूको एउटा टुङ्गो हुन्थियो। या त वर्क परमिटको आधारमा काम लगाईन्थ्यो या सिक्किम सबजेक्ट नै दिएर अधिकार दिइन्थ्यो। गरीबहरू माथि तर, यस्तो अमानवीय कानुन थोपरिदैन थियो। अब भारत सरकारले उसको सीमाना बचाउनु ल्याएको गरीब मानिसलाई मानवीय न्याय दिन सक्दैन। जलुकवासीलाई अब भारत सरकारले उचित न्याय दिनुपर्छ, उनले माग गरेका छन्।
अर्कोतिर सिक्किमको राजनैतिक मागलाई वर्तमान राज्य सरकार र भाजपाले गरेको अदेखामाथि पनि संयोजन नेपालले कडा आपत्ती जनाउँदै प्रतिक्रिया गरेका छन्। उनले भनेका छन्, सिक्किम विधान सभामा नेपालीको सीट, लिम्बु तामाङको सीट, छुटेका 11 वटा समुदायको राजैनतिक सुरक्षा जस्ता अह्म मुद्दामा केही गर्छ कि मोदीको समयमा भारतीय जनता पार्टीले भनेर सिक्किमे जनताले ठूलो आशा साचेंका थिए र सिक्किम सरकारले पनि ठूलो भरोसा साँचेको थियो तर भारतीय जनता पार्टीको सिक्किम च्यापटर सिक्किम विरोधीहरूको अड्डा भएको छ । उनले सिक्किम भाजपाले केही गर्न नसकेको ठोकुवा गर्दै भनेका छन् देशको हितमा दिल्लीले कुनै संज्ञान लिन्छ भने असल नत्र यो दोकान बन्द गरेको राम्रो। दिल्लीले गर्दैन भने सिक्किमे जनताले गरिदिन्छन। अँ संघको स्वयंसेवकले महिलामाथि दुर्व्यवहार गर्नु पनि भारतीय संस्कृति नै हो कि? आम सिक्किमे जनमानसले यो पनि बुझ्न चाहेको उनले दाबी गरेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!