Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमेलाई विदेशी भन्नेले सिक्किमे जनताको न्यायिक सुरक्षा कसरी गर्छ र गैर सिक्किमेलाई एडिशनल एडभोकेट जेनेरल बनाइयोः भरत बस्नेत


गान्तोक, 2 अगस्त । सिक्किम सरकारले 6 जना वरिष्ठ सरकारी अधिकारीलाई भारत सरकारको आइएएसको पदवी प्रदान गरेर उनीहरूको साटो 18 जना नयाँ युवा आइएएस ल्याउने निर्णय गरेको तथा गैर सिक्किमेलाई सरकारको एडिशनल एडभोकेट जेनरल नियुक्त गरेको विषयमा सिक्किम प्रदेश कांग्रेसले घोर आपत्ती जनाएको छ।

कांग्रेस अध्यक्ष भरत बस्नेतले एउटा भिडियो कन्फरेन्समार्फत उक्त विषयमा सरकारको तिखो आलोचना गर्दै प्रतिक्रिया जारी गरेका छन्। उनले आफ्नो भिडियो बयानमा भनेका छन्, सरकारले कोरोनाको महामारीलाई त गम्भीतासित लिएनन् तर अहिले यो राज्य सरकारले विभिन्न खतरा बढाउने काम गर्दैछ भने सरकारको गल्तले गर्दा सिक्किमको भावि पिडी पनि खतरामा पर्न गएको छ। उनले भनेका छन्, 6 जनालाईलाई आइएएस उपाधि दिइएको जानकारी छ। सिक्किम भारतमा विलय गर्दा सिक्किम राज्यलाई प्रशासनिक तौरमा कसरी उठाउन भन्ने विषयलाई लिएर एकजना स्थानीयलाई आइएएस दिएको बदली तीनजना भारतबाट युवा आइएएस आउने भन्ने सम्झौता छ।

अब 6 जना जसले आइएएस थाप्दैछन् उनीहरू उमेर पुगिसकेका छन् भने भारतबाट आउने युवाहरू आउँछ उमेर पुगेकालाई मौका दिने हुँदा हामीमाथी नयाँ शासक आउँछ। उनले राज्य सरकारले घरि घरि यसप्रकारको निर्णय गर्दै आएको आरोप लगाएका छन्। उनले भनेका छन्, यो सरकार आएपछि घरि सुनिल सरोगीलाई त घरि महेन्द्र पी लामालाई सल्लाहकार बनाउँदैछ भने अरविन्द कुमार र थोमस चाण्डी जस्ता गैर सिक्किमेलाई सेवाकाल विस्तार गराउँदैछ। क्रान्तिकारी युवा र जनताले एसकेएम सरकारमाथि राखेको विश्वासमा पानी हाल्ने काम गरेको छ।

Insert your Ads code here

उनले महामारीको समयमा यस्ता निर्णय़हरू गरेर मानसिक रूपमा जनतालाई पिडामा पार्ने काम गरेको पनि आरोप लगाएका छन्। उनले भनेका छन्, हिज 1 अगस्तको दिन अधिवक्ता सुदेश जोशीलाई सिक्किम सरकारको एडिशनल एडवोकेट जेनरल नियुक्त गरिदिएको छ। यसमा उनी विरूद्ध केही आपत्ती छैन तर सर्वोच्च न्यायालयमा ओल्ड सेट्लर्सले गरेको मामिलामा जोशीकै श्रीमती मनिता प्रधान पनि छन्। जसमा समस्त सिक्किमेलाई विदेश नागरिक भनेर मुद्दामा उल्लेख गरेको छ। त्यसैमा अमर अग्रवाल पनि छन् जो एसकेएम व्यापारी शाखाका कार्यकर्ता हुन्। उनले जोशीलाई नियुक्ति गर्नु अघि ओल्ड सेट्लर्सको तर्फबाट 11 लाख रूपियाँ केशु अग्रवालसित गएर सुदेश जोशीले मुख्यमन्त्री राहत कोषमा पैसा भुक्तान गरेका छन् भनि आरोप लगाएका छन्। उनलाई यसरी नियुक्ति दिइँदा एसकेएमका कार्यकर्ताहरूलाई अन्याय भएको दाबी गर्दै भनेका छन्, यो होनाहार एसकेएमका कार्यकर्ताहरूले सोच्नुपर्छ। यो एसकेएम सरकारले विवेक कोहली दिल्लीको मान्छेलाई एडवोकेट जेनेरल बनायो अहिले सुदेश जोशीलाई जसले सर्वेच्च न्यायालयमा समेत सिक्किमेलाई बद्नाम गरेको छ।

यसैगरि उनले अझ भनेका छन्, 18 जना आइएएस ल्याउने, महेन्द्र पी लामा र सुनिल सरोगीलाई ल्याउने अनि अरविन्द कुमार र थोमस चाण्डीलाई नियुक्ति दिन एसकेएमलाई सत्तामा पुऱ्याएको होइन सिक्किमका जनताले। उनले अझ भनेका छन्, ओल्ड सेट्लर्सको मुद्दामा सिक्किमेलाई विदेशी भनेपछि जनताको विरोध हुँदा विदेशी भन्ने शब्द हटाएको भन्दै सिक्किममा जन आन्दोलन हुने स्थिति देखे उल्लेख गरेर पिटिशनमा सुधार गरिएको थियो। याचिकामा 1989-90 मा 73431 जनालाई सिक्किम सब्जेक्ट दिइएको थियो त्यो विदेशी हुन भन्ने घोषणा गरिएको थियो छ। जसलाई हटाइए पनि त्यसमा लेप्चा, भोटिया, नेपाली सबै छ पर्छन् अनि उनीहरू सबै विदेशी हुन् भनेर शुरुको याचिकामा स्पष्ट लेखिसकेको छ। हाम्रो कमजोरी सोझोपनलाई फाइदा उठाएर सर्वोच्च न्यायालयमा मामिला गर्दैछ। सुदेश जोशीले न्यायालयमा हाम्रो लागी लड्छ हाम्रो सुरक्षा दिने माध्यम हो एडभोकेट जेनरल र एडिशनल एडभोकेट जेनेरल बाहिरको भएपछि कसरी सुरक्षा हुन्छ, उनले प्रश्न तेर्साएका छन्। उनले भनेका छन्, हामीलाई सत्ताको लोभ छैन हामी निरन्तर सिक्किम र सिक्किमे जनताको लागी बोल्दैछौं। जनताले चुनेको सरकारले यो प्रकारको गल्ती गर्दैछ।

गरिखानु सबैको मौलिक अधिकार हो तर हाम्रो अधिकार हराएर कमजोर हुनुहुदैन। महामारीको समयमा सरकारले पनि जनतालाई मानसिक दुःख दिने काम गर्दछ। हामी सोझो भएको फाइदा उठाउँदैछ मलाई भोटको लोभ छैन तर सिक्किमेको भविष्यको सुरक्षाको लोभ छ भनि दाबी गरेका छन्। अध्यक्ष बस्नेतले अझ थपेका छन्, सर्वोच्च न्यायालयमा लगेर सिक्किमेलाई नाङ्गो बनाउने मान्छेलाई एडिसनल एडवोकेट बनाएको छ यसको कांग्रेसले भत्सर्ना गर्छ भन्दै भिडियो सन्देशमा मन्तव्य व्यक्त गरेको छ। अहिले अत्याचार भएको युवाहरू कमजोर भएको कारण हो

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!