सिक्किमेली पत्रकारीताको आमा पत्रकार सन्तोष निराशको निधन
गान्तोक, 10 जुन। सिक्किमेली सिक्किमेली पत्रकारिताको क्षेत्रमा आफ्नो तर्फबाट अतुलनीय योगदान पुऱ्याउनु हुने एकजना निडर पत्रकार सन्तोष निराशको 92 वर्षको उमेरमा निधन भएको छ। सिक्किमेली पत्रकारहरूले ‘माँजी’ को नामले बोलाउने तथा पत्रकारीताको आमा नैसिद्ध भएकी लोकप्रसिद्ध सन्तोष निराशले १९८० को दशकदेखि २००० को दशकसम्म सक्रिय रूपमा एकजना इमान्दार पत्रकार बनेर सिक्किम र सिक्किमे जनमानसको सेवा गरेका थिए। उनी कमर्ठ, कर्तव्यपरायण, इमान्दार, स्पष्टवादी, तटस्त, निष्पक्ष, तार्किक, जनसेवी, निस्वार्थ पत्रकार दुर्लभ थिइन भने उनको जन्म 3 अक्टोबर 1928 मा पिण्डदोदनखान (हाल पाकिस्तान) मा भएको थियो। बीए बीटी (शिशु समस्या सम्बन्धि विशेष तालिम) को शिक्षा लिएकी निराश 1951 सालदेखि सिक्किममा शिक्षण पेशा शुरु गरेकी थिइन्। उनले अहिलेको वेस्ट पोइन्ट स्कूल जसलाई त्यसबेला मोन्टेशरी स्कूल भनिन्थ्यो त्यसको प्रधान अध्यापिकाको रूपमा सेवा पुऱ्याए की थिइऩ्। उनले सिक्किमको पत्रकारितामा 1980 को दशकबाट पत्रकारिता शुरु गरेकी थिइन्। पत्रकारितामा उनको चासो भने विद्यार्थी कालबाटै थियो देहरादुनको डीएन कलेजमा विद्यार्थी हुँदा नै आफ्ना साथीहरूको समस्यालाई लिएर आवाज बुलन्द गर्दै मिल्ने साथीहरूसित भ्यानगार्ड नामक अङ्ग्रेजी साप्ताहिक पत्रिका शुरु गरेकी थिइन्। उनले सिक्किममा 1973 सालदेखि प्रत्यक्ष रूपमा पत्रकारितालाई अङ्गालेर जीवन बाँचेकी थिइन्। उनले शुरूमा स्पट न्यूज, युपी, नियर एण्ड फार इष्ट न्यूज ,न्यू दिल्ली, एशियन फिचर, वर्ल्ड फिचर, लण्डन आदिमा पत्रकारिताको काम गरेकी थिइऩ्। 1978 देखि भने उनले सिक्किममा आफ्नै मासिक अंग्रेजी पत्रिका बोर्डर न्यूज एण्ड भ्यूज हो। त्यसको लगभग 9 वर्षपछि आम मानिसहरूको भाषा हिन्दीमा 1987 देखि जमाना सदाबाहर साप्ताहिक पत्रिका प्रकाशित गर्न थालिन्। यो सिक्किमको पहिलो हिन्दी साप्ताहिक थियो भने अहिलेसम्म उक्त पत्रिकार निरन्तर प्रकाशित छ। उनलाई पत्रकारितामा प्रेरित गर्ने उनको पति प्रेम सागर निराश हुन भन्ने भनाइ छ किन भने उनी स्वयं पनि तत्कालिन सिक्किमको निम्ति अन्तरराष्ट्रिय पत्रकारको रूपमा काम गरिरहेका थिए। उऩी सेनाको अधिकारी रहेको भए पनि पछिल्लो जीवन उनले अन्तरराष्ट्रिय स्तरको पत्र पत्रिका र समाचार एजेन्सीहरूमा काम गरेका थिए। उनकै प्रेरणाले श्रीमती निराशले पनि आफ्नो पत्रकारितालाई उच्चईको सोपान दिने प्रोत्साहन पाइन्। सिक्किमेली पत्रकारिताको पहिलो महिला पत्रकार पनि थिइन् भने उनलाई सिक्किमेली पत्रकारीताको आमा पत्रकारको रूपमा सबैले सम्मान र श्रद्धा गर्थ्यो। उपनाम निराश भए पनि उनी कहिले निराश नभेटिएको मिलनसार फर्साइलो अनि सधैँ प्रेरणाको श्रोतको रूपमा रहने वरिष्ठ पत्रकारको रूपमा चिन्हित थिइन्।
उनले आफ्नो पत्रकारिता जीवनकालमा राज्यको सबै उच्च सम्मान प्राप्त गरेकी थिइन्। सिक्किमको उच्चस्तरीय पुरस्कार र सम्मानले सम्मानित बनेकी थिइन्। उनलाई कञ्चनजङ्घा कलम पुरस्कार, राज्य सरकारले प्रदान गर्ने सिक्किम सेवा सम्मान (पत्रकारिता), निर्माण पुरस्कार प्रदान गरिएको थियो। यसैगरि 2018 सालमा उनलाई काशीराज प्रधान लाइपटाइम पत्रकारिता पुरस्कारले सम्मानित गरिएको थियो। उनको निधनमा सत्तारूढ एसकेएम पार्टीले शोक व्यक्त गरेको छ। एसकेएम पार्टीले मुख्यालयमा प्रवक्ता जेकब खालिङ, मन्त्री अरूण उप्रेती र सञ्जीत खरेलको उपस्थितिमा पत्रकार सम्मेलन गरेर सरकार र सत्तारूढ पार्टीको तर्फबाट शोक व्यक्त गरे। यसैगरि विपक्षी दल एसडीएफका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चालिङले पनि शोक व्यक्त गरे गरेका छन्। उनको निधनमा सिक्किम प्रदेश कांग्रेसले पनि शोक व्यक्त गर्दै शोक सन्देश जारी गरेको छ। यसका साथै प्रेस क्लब अफ् सिक्किम, इण्डियन जर्नलिष्ट युनियन सिक्किम अनि अन्य वरिष्ठ पत्रकारहरूले पनि शोक व्यक्त गर्दै उनको निधन सिक्किमेली पत्रकारीताको इतिहासमा ठूलो क्षति बताएको छ।