गान्तोक, 4 अप्रेल। कोविड-19को चिकित्साको निम्ति जरूरी सामानहरूको पहिलो खेप सिक्किम आइपुगेको छ। नयाँ दिल्लीबाट भारतीय वायु सेनाको विमानले बागडोगरा विमानस्थलसम्म ल्याएको उक्त सामान सेनाको हेलकोप्टरले आज राजधानी गान्तोक नजिक लिविङ सेनाको हेलिप्याडमा सामान उतारेको छ। सामान उतारे पछि मुख्यमन्त्री प्रेम सिंह तामाङले आफ्नो आधिकारीक फेसबुक पेजमा यसको जानकारी दिएका छन्। उनले दिएको जानकारी अनुसार यो खेपमा 165 बाकस झण्डै 1978 किलोग्राम स्वास्थ्य चिकित्सा सामाग्री राज्य भित्रिएको छ. जसमा 5098 पीपीई किट्स, 10 हजार एन95 माक्स, 2.24 लाख 3 स्तरीय माक्स, 3 सय डिस्पोजल गाउन, 3 हजार भीटीएम किट्स सामेल छ। मुख्यमन्त्रीले बजारमा सामानको अभाव भइरहेको भए पनि सरकारले विभिन्न वितरकहरूबाट जम्मा गरेर मुम्बईबाट दिल्ली हुँदै बागडोगरा ओराल्न सफल भएको छ।
उनले भने, सिक्किमे जनताको निम्ति चाहिने स्वास्थ्य सम्बन्धि सबै आवश्यक सामान जनतालाई उपलब्ध गराउने छौं। आज आएको सामान कोविड 19लाई रोक्न लडिरहेकाहरूको निम्ति सहयोगसिद्ध हुनेछ। उनले अझ भनेका छन्, सिक्किमे को सुरक्षा नै हाम्रो प्राथमिकता हो अनि हामी यसको निम्ति सहै प्रकारको आवश्यक कदम उठाउने छौं भनि विश्वास दिलाउन चहान्छु।