Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमे मिडियाले सकारात्मक र उपलब्धिमूलक समाचारलाई प्राथमिकता दिनुपर्छ- राज्यपाल


गान्तोक, 14 फरवरी। सिक्किमका राज्यपाल गङ्गा प्रसादलाई प्रेस क्लब अफ सिक्किमका नव निर्वाचित 12 सदस्यीय कार्यकारी सदस्यले राज भवनमा भेट गरे।

क्लबका अध्यक्ष जोसेफ लेप्चाको अध्यक्षतामा गएको टोलीले राज्यपालाई चुनाउ पछि औपचारिक रूपमा भेट गरेका हुन्। राज्यपालले सबै सदस्यलाई शुभकामना व्यक्त गर्दै प्रजातन्त्रको चौथो स्तम्भ र मिडियाले वर्तमान प्रगतिशील समाज निर्माणमा निर्वाह गर्नुपर्ने भूमिका बारे अवगत गराए। उनले मिडिया चाहे छापा, लेक्ट्रोनिक तथा डिजिटल जे भएपनि सबैले जिम्मेवार र संवेदनशईल भएर समाज राष्ट्र निर्माणको निम्ति उल्लेखनीय योगदान गर्नुपर्ने बताए। उनले सिक्किमे मिडियाले राज्यको सकारात्मक अनि उपलब्धी मुलक खबरहरू प्रचार प्रसार गर्नुपर्ने अनि आम मानिसहरूमा सकारात्मक अवधारणा पुऱ्याउऩुपर्ने आह्वान गरे। उनले सबै वर्गको मिडियाले सकारात्मक पत्रकारिता गर्नुपर्ने दिशामा आह्वान गरे। अर्कोतिर अध्यक्ष लेप्चाले राज्यपालाई विभिन्न मुद्दाहरू बारे अवगत गराए भने राज्यपालको राज्यमा रहेका पत्रकार समूहमाथि सकारात्मक दृष्टिकोण रहिरहोस भन्ने कामना गरे।

राज्यपालले राज्यको जिम्मेवार पत्रकारिताको अभियान र मिडिया विकासमा आफ्नो तर्फबाट सहयोग गर्ने आश्वासन पनि दिएका छन्। अर्कोतिर राज्यपाललाई सिक्किम मणिपाल विश्वविद्यालयका कुलपति ले. ज अवकाशप्राप्त एमडी वेङ्कटेसले पनि भेट गरेका थिए। उनले एसएमआईटी माझिटार परिसरमा स्थापित अटल इन्क्यूवेसन सेण्टरको उद्घाटनको निम्ति निम्तो दिए। जुन पूर्वोत्तर राज्यमा नीति आयोगद्वारा अनुदान प्राप्त पहिलो केन्द्र रहेको छ। अटल इनोभेसन मिशन अन्तर्गत एसएमआईटी माझिटारमा स्थापना गरिएको हो।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!