Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमे युवाले बनाए वाहन सेनिटाइजर मशिन,परिक्षण सफल भए रम्फू र मल्लीमा लगाइने


गान्तोक, 16 अप्रेल। विश्वभरि अहिले कोविड 19 को महामारी चलिरहेको छ यस्तो अवस्थामा मान्छेलाई भाइरसबाट बचाउने विभिन्न पहलहरू भइरहेको छ। यसैक्रममा पश्चिम सिक्किमको बर्मेक सुम्बुकका एक युवा विशुहाङ लिम्बूचेक पोष्टहरूमा छिर्ने वाहनलाई सेनिटाइज गर्ने मेशिन तयार पारेका छन्। सिक्किमलाई अझै सुरक्षित राख्न सहयोग गर्न लिम्बूले भेकल सेनिटाइजर मेशिनको विधिवत परिक्षण गराएका छन्। यसैक्रममा आज उनले राज्यको कृषि तथा वागवाणी एवं सूचना तथा जनसम्पर्क विभागका मन्त्री लोकनाथ शर्माको सरकारी आवासको गेटमा उक्त डिवाइसको परिक्षण गरेर देखाए। उनले भने, अहिले विश्वभरिका वैज्ञानिकहरू कोविड 19 को सही उपचार नआएसम्म प्रकोपबाट कसरी सुरक्षित राख्न सकिन्छ भन्ने दिशामा मात्र काम गरिरहेका छन् भने त्यस्तै प्रकारले यो डिवाइस पनि उपयोगि हुनसक्छ भन्ने लागेर परिक्षण गरिएको अनि सफल भएमा मल्ली अनि रम्फूको दुइवटा चेकपोष्टमा लगाउने सोच बनाएको बताए।

यसैगरि उनको यो पहललाई राज्यको भूराजस्व तथा आपदा प्रबन्धन विभागका मन्त्री कुङ्गा निमा लेप्चाले पनि सराहना गरेका छन्। उनले युवाले गरेका अन्य आविष्कारहरू पनि हेरेको अनि यो आज प्ररिक्षण गरिएको डिवाइस राम्रो पहल हो भन्दै यसलाई अझै प्रभावशाली बनाउनु पर्ने र अहिले हेर्दा प्रभावशाली नै देखिएको छ। स्वास्थ्य एंव परिवार कल्याण विभागसित पनि चर्चा गरेर थप सोध गरेर हामीले सहयोग गर्नसक्ने अनि जसरी भए पनि सिक्किमका जनतालाई सुरक्षा दिने विषयमा प्रतिबद्धता व्यक्त गरे।

अर्कोतिर सिक्किम पुलिसका अतिरिक्ति पुलिस महानिर्देशक (कानुन व्यवस्था) अक्षय सचदेवाले युवा आविष्कारक विशुहाङ लिम्बूको पहलको सराहना गरेका छन्। उनले युवाले धेरै सिर्जनशीलता देखाएर जुन मेशिन बनाएको छ त्यसले हामी प्रभावित छौ अनि यसलाई स्वीकृति प्राप्त भएपछि स्वास्थ्य विभागको सहयोगमा आवश्यक कुन किटनाशक प्रयोग गर्नुपर्ने त्यो निर्णय भएपछि सरकारद्वारा अनुमति लिएर तुरन्तै रम्फू र मल्ली लगाउने बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!