Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किम अर्ग्यानिक पेस्ट कन्ट्रोलको तत्परतामा पूर्व सिक्किममा सेनिटाइजेशन


गान्तोक, 6 अप्रेल। विश्व महामारी कोविड 19 को संक्रमण राज्यमा फैलिन नदिन सबैले आआफ्नो तहबाट पहल गरिरहेको छ। यसैक्रममा सिक्किम अर्ग्यानिक पेस्ट कन्ट्रोल सेल्स एण्ड सर्विसेस (एसओपीसीएसएस)को स्वामी सुरज गुरुङ अनि उनको दलले पूर्व सिक्किमको विभिन्न ठाउँमा सेनिटाइजेशन शुरु गरेको छ। गत 3 अप्रेलको दिन राजधानी गान्तोकको सदर पुलिस थानाबाट शुरु गरेको अभियानमा तकनिकी परामर्शदाता पङ्कज शर्मा र सह परामर्शदाता गणेश छेत्रीसहितको टीमले सबै थानाहरूमा सेनिटाइजेशन गरेको छ। अर्कोतिर जैविक प्रक्रिया मार्फत गुणस्तरीय जैविक किटनाशकको प्रयोग गरेर सेनिटाइजेशन प्रक्रिया सञ्चालन गरिरहेको सुरज गुरुङले बताएका छन्। यसैगरि एसओपीसीएसएसका स्वामी गुरुङले 4 अप्रेलको दिन पूर्व जिल्लाकै रोङली थाना, एसडीएम अफिस, फुड गोदाम, रोङली प्राथमिक स्वास्थ्य केन्द्र, रिगु खण्ड प्रशासन केन्द्रको सेनिटाइजेशन गरेको जानकारी दिए। यही प्रक्रिया निरन्तर राख्दै 5 अप्रेलको दिन सुदुङलाखा ग्राम पञ्चाय एकाईमा पर्ने ठाउँ ठाउँमा सेनिटाइजेशन गरिएको बताए।

उक्त दिन विशेष गरेर मानिसहरूको धेरै भीड हुने ठाउँहरूमा यो सेनिटाइजेशन गरिएको पनि जनाए। 6 अप्रेलको दिन रिनाक क्षेत्रमा रहेको थाना, स्वास्थ्य केन्द्र, आवश्यक सामान उपलब्ध हुने ठाउँहरू बजारको दोकानहरूमा पनि सेनटाइजेशन गरिएको गुरुङले जानकारी दिएका छन् । एसओपीसीएसएसले जनहीतलाई ध्यानमा राखेर निःशुल्क रूपमा यो पहल गरेको अनि यदी अरू कसैलाई पनि यस्तै प्रकारको सेनिटाइजेशन गराउन परेको खण्डमा एसओपीसीएसएसका स्वामी सुरज गुरुङलाई 963570368 अनि परमार्शदाता पङ्कज शर्मालाई 8436874297नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ। एसओपीसीएसएसले सेनिटाइजेशन कार्यको निम्ति बायो सेनिटाइजरको प्रयैग गर्ने गरेको छ। जसमा चिट्रोनिला इसेन्सल ओयल,जैविक फिनायल र अन्य जैविक किटनाशकको मिश्रणबाट सेनिटाइजर बनाएर सफाई गर्ने गरेको बताइएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!