Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किम आबकारी विभागलाई दुइ महिनामा 17 करोड़ रूपियाँ राजस्व घाटा भएको छः सचिव भोटिया


गान्तोक, 12 जुन। सिक्किम सरकारको आबकारी विभागले आधिसूचना जारी गरेर मदमदिराको दाम बृद्धि गर्नुको पछाडी कोविड 19 को महामारीले अप्रेल र मई महिनामा भएको राजस्व घाटालाई पुरा गर्ने उद्देश्य राखेको बताइएको छ। मद मदिराको दाम वृद्धिबारे सचिव छिरिङ नामग्याल भोटियाले जानकारी दिएका छन्। । उपभोक्ताहरूमा अधिसूचनाको कारण आएको अन्योलता स्वभाविक बताउँदै सल्याबमा लेखिएको हुनाले यस्तो भएको तर विशेष रूपमा आम उपभोक्तालाई साह्रो मार नपर्ने उनले स्पष्ट रूपमा बताएका छन्।
लकडाउनको समयमा आबकारी विभागको राजस्वमा 17 करोड़ रूपियाँ अप्रेल र मईमा मात्र नोक्सान भएको उनले बताए। दुइ महिनामा पोहोरको तुलनामा 17 करोड रूपियाँ घाटा भएको अनि त्यसैलाई उकास्नको निम्ति दाम वृद्धि गरेको उनी बताउँछन्। सबै रेञ्जमा ड्युटीमा 5 देखि 7 प्रतिशत वृद्धि गरेको अनि छिमेकी राज्यहरूको तुलनामा धेरै कम्ति वृद्धि गरेको अनि राज्यको राजस्वलाई हानी हुन नदिने प्रयास गरिरहेको बताए। आगामी 17 जुनदेखिमात्र नयाँ दर लागु हुने बताए भने यसमा पुरानो भण्डार नसकिएसम्म कसैले बढेको दाममा बेच्न नपाउने पनि बताए। हाल सिक्किमभरि पञ्जिकृत 890 एफएल दोकान रहेको छ। विभागले जारी गरेको नयाँ अधिसूचनामा सार्वजनिक भएपछि उपभोक्ता अनि बिक्रेताहरूमा निक्कै उत्सुकता अनि अन्योलताको माहोल बनेको थियो। जसलाई स्पष्टिकरण दिँदै सचिव भोटियाले अब नयाँ दर आएपछि सबै स्पष्ट हुने अनि कम्तीमा 3 रूपियाँ प्रति बोतलसम्म मात्र वृद्धि गरिएको बताए जुन एकदमै साधरण वृद्धि रहेको पनि जनाए। उल्लेखनीय छ यसभन्दा अघि 2017 सालमा मदिराको दाम बढाइएको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!