Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किम प्यारा पाइलटको प्रशिक्षणको क्रममा निधन


गान्तोक, 29 फरवरी । सिक्किममा प्याराग्लाइडिङ उड़ाउँदै गरेका 29 वर्षिय तेन छिरिङ लेप्चाको हिमाचल प्रदेशमा साइमलटेनियस इन्फिनिटी भोल्ट (एसआईभी) को एड्‌भान्स प्रशिक्षणमा निधन भएको छ। तीन दिवसीय एसआईभी प्रशिक्षणको निम्ति हिमाचलको बिलाशपुरमा पहिलो दिनको प्रशिक्षण सफलतापूर्वक पूरा गरेर 28 फरवरीको दिन दोस्रो दिनको प्रशिक्षण लिइरहेको समय हावामा स्पाइरल लक भएपछि बिलाशपुरको बॉंधमा झरेर उनको मृत्यु भएको हो। सिक्किम प्यारा ग्लाइडिङ एसोसिएशनका फ्लाइट एण्ड सेफ्‌टी चियरमेन अर्जुन कुमार राईले बताए अनुसार मृतक लेप्चा पूर्व सिक्किमको रे रांका गाउँ निवासी हुन्‌ भने उनले दुई वर्षदेखि रांकामा प्याराग्लाइडिङ उड़ाइरहेका थिए। यस चोटि सिक्किमबाट जम्मा पॉंच जना एसआईभी गर्न गएका थिए। उनी तेस्रो ब्याचमा परेका थिए भने उनलाई हावामै असुविधा भएपछि रिकवर गर्न गाइडले रेडियो मार्फत सम्पर्क गर्दा कुनै प्रतिक्रिया नआएको अनि सोझै बॉंधको पानीमा खस्न पुगेको हिमाचलबाट प्राप्त जानकारी उनले सॉंझा गरे। हावामा स्पाइरल गरिरहेको समय नै उनी प्रतिक्रियाहीन बनेको हुन सक्ने सम्भावना व्यक्त गरे। तेस्रो दिन एसआईभीको रेक्यू थ्रो पानीमाथि नै गर्ने गरिन्छ र त्यो प्रशिक्षण पूरा गर्न अघि नै उनको निधनले एसोसिएशनलाई शोकित तुल्याएको पनि उनले बताए। यद्यपि, अहिलेसम्म पोस्टमार्टम नभएको हुनाले परिवारको सदस्य हिमाचलको निम्ति प्रस्थान गरिसकेको र पोस्टमार्टमपछि मात्र मृत्युको वास्तविक कारण थाह लाग्ने उनले बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!