Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किम प्रदेश कांग्रेस अध्यक्ष बस्नेतले दिए राजिनामा भने सिक्किम र सिक्किमेप्रतिको माया यथावत रहनेछ


गान्तोक, 13 सितम्बर। सिक्किम प्रदेश कांग्रेस अध्यक्ष भरत बस्नेतले कांग्रेस पार्टीबाट राजिनामा दिएर स्वतन्त्र रूपमा राजनैतिक मुद्दाहरूलाई समाजको निम्ति उठाइरहने प्रतिबद्धता जाहेर गरेका छन्। हिज शनिबार कांग्रेस अध्य़क्ष सोनिया गान्धीलाई लिखित राजिनामा पठाइसकेपछि अध्यक्ष बस्नेतले आज पत्रकार सम्मेलन आयोजन गरेर स्थानीय र राष्ट्रीय दुइखाले कारण स्पष्ट पारे। उनले भने, राज्यमा मौलिक अधिकारसित सम्बन्धी स्वास्थ्य उपचारमा प्रशासन चुकेको छ त्यसबारे आवाज उठाएको हो राज्य सरकारबाट कुनै पहल गरिएन। उनले लगातार रूपमा अस्पतालको लापरवाहीको कारण चारवटा मृत्यु भएको तर उनीहरूलाई राज्य सरकारले न्याय दिन नसकेको विषयले आफू पनि राजनीतिमा भएर पनि उनीहरूलाई न्याय दिलाउन नसक्नुको आत्मग्लानीले पनि कांग्रेस पार्टीबाट राजनीति गर्न नचाहेको बताए। उनले हालै श्रीमती झरना राईले गर्भवती अवस्थामा प्राण गुमाउनु परेको तथा यस्ता घटनाहरूबारे राज्य सरकारले आँखा चिम्लेर बसेको कारण आत्मसम्मानमा चोट पुगेको बताउँदै आफूले विपक्षी दलमा रहेर यस्ता घटनाहरू हुँदा पनि राज्य सरकारको आँखा खोल्ने प्रयास गरेको तर तीन दिनमा फ्यक्ट फाइण्डिङ गरेर रिपोर्ट दिने भनेको तर पिडीतहरूले न्याय नपाएको अनि अहिले मृतकहरूलाई अनुदान समेत नदिएको बताए। यसैगरि सिक्किमेहरूलाई विदेशीको लाक्षणा लगाउँदै सर्वोच्च न्यायालयमा मुद्दा दर्ता गर्ने ओल्ड सेट्लर्सको पक्षमा मुद्दा लड्ने तथा मुद्दा हाल्ने एकजना याचिकाकर्ताको पति सुदेश जोशीलाई राज्यको एडिशनल एडवोकेट जेनेरल बनाएर राज्य सरकारले विदेशीको कलङ्क लगाउनेलाई त्यो पदमा राखेर विदेशी हुनुको सत्य साबित गरेको प्रतिवादमा पनि यो कदम उठाएको बताए। उनले भने, जुन व्यक्तिलाई एसकेएम सरकारले एडिशनल एडवोकेट जनरल बनायो त्यही व्यक्तिको पिताले मनि लण्डरिङ र गिफ्ट ऱ्याकेट चलाएकै कारण सिक्किममा केन्द्रिय आयकर भित्रिएको हो त्यसका साथै सिक्किमेलाई विदेशी भन्ने पनि उनकै पत्निले याचिका दर्ता गरेको छ यस्तो व्यक्तिलाई कानुनको रक्षक बनाएपछि राज्य सरकार स्वयंले प्रमाणित गरिदियो हामी विदेशी हौं भनेर यस्तो कुराहरूलाई हेर्दा हामीले गरेको राजनीति ढुङ्गामा मकै छरेको जस्तो भयो त्यसैकारण राजीनामा दिएको हो भनि उनले ठोकुवा गरे। अर्कोतिर कांग्रेस पार्टीको केन्द्रिय नेतृत्वले जहिले पनि राज्यको कार्यकर्ताहरूलाई हीन भावले हेर्ने गरेको अनि उनीहरूको मनाशय नबुझ्ने गरेको कारण कांग्रेस पार्टीबाट मन भरिएर आएको बताउँदै हिज मात्र कुनै सल्लाह नगरि केन्द्रिय समितिले सुर्जितसिंह नागर नामक व्यक्तिलाई सिक्किमको प्रभारी नियुक्त गऱेको जुन कुरा सरासर स्थानीय नेतृत्वहरूलाई अदेखा गरिएको भन्दै यसको प्रतिवादमा पनि उनले राजिनामा दिएको बताए। उनले भने म उत्तर पूर्वी राज्यमा कांग्रेसको वरिष्ठ अध्यक्ष पनि हो तर राज्यसित कुनै सल्लाह नगरि यस्ता नियुक्ति दिन्छन् अनि राज्य जहिले लथालिङ हुन्छ। केन्द्रले दिएको निर्णय गलत हो यस्तो निर्णयको विरोध गर्दछु। राज्यको नेताहरूसित पनि सरसल्लाह गर्नु पर्ने तर अहिलेसम्म केन्द्रले जे गर्दछ त्यसैको समर्थन गर्नुपर्ने उसैको पछि लाग्नु पर्ने भएको कारण यसपाली त्यसको विरोध गरेको हुँ किन भने मेरो स्वाभिमानमा लागेको कारण मैले राजीनामा दिएको हो तर मेरो सिक्किम र सिक्किमे प्रतिको माया यथावत रहन्छ। अर्कोतिर उनले कांग्रेस पार्टीमा अब नरहने निर्णय गरेको तर राजनैतिक मुद्दाहरू भने सिक्किमेको पक्षमा बोलि रहने बताए।
उनले सिक्किममा राजनीति नै कांग्रेसबाट शुरु गरेका हुन भने जम्मा चार पल्ट विधानसभा चुनाउ कांग्रेसको टिकटमा लडेका छन् भने एकपल्ट लोकसभाको चुनाउ पनि कांग्रेसबाटै लडेका हुन्। उनले युथ कांग्रेस अध्यक्ष पददेखि अधिकांश सबै पदमा रहेर कार्य गर्दै तेस्रो पल्ट लगातार प्रदेश कांग्रेस अध्यक्षको पदमा रहेर कार्य गरिरहेका थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!