Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

सिक्किम बाहिर अड्केकाहरूको पहिलो जत्थामा 84 जना आइपुगे गृह राज्य सिक्किम


गान्तोक, 5 मई। विश्व महामारी कोविड 19 को लकडाउनले गर्दा सिक्किम बाहिर अड्किएका सिक्किमे नागरिकहरूलाई आफ्नो गृह राज्य फर्काइ ल्याउने प्रक्रिया शुरु भएको छ। आज पहिलो जत्थामा सिलगढीमा अड्किएका विद्यार्थी र आम नागरिकहरूमा 84 जनालाई सिक्किम फर्काइएको छ। जसमा पूर्व जिल्लाको मुख्य प्रवेश द्वारा रम्फूबाट जम्मा 69 जनालाई सिक्किम प्रवेश गराइयो। यसैगरि दक्षिण र पश्चिम जिल्लाको प्रवेश द्वार मल्लीबाट 7 जना आफ्नो राज्य फर्किआएका छन्। जसमा 5 जना दक्षिण जिल्लाका रहेका छन् भने 2 जना पश्चिम जिल्लाका छन्।

सबैजना फर्किआएकाहरू कोविड 19 को रेड जोनबाट आएको हुनाले सबैलाई फेसिलिटि कोरिन्टिना राख्ने व्यवस्था गरिने छ जहां सरकारले नै सबै बन्दोबस्त गर्ने छ। पूर्व जिल्लाको निम्ति पाकिम, रोङली, रम्फू महकूमा स्तरको कोरिन्टिन सेन्टर निर्माण गरिएको छ। यसैगरि दक्षिण र पश्चिम जिल्लाको निम्ति कर्फेकटार गेस्ट हाउसमा कोरिन्टिन गरिएको छ भने रहल पश्चिम जिल्लाको जिला प्रशासनले दुइजनालाई जिम्मा लिएर गएका छन्।

आजदेखि शुरु भयो यो अभियान अब देशभरि रहेका सिक्किमका नागरिकहरू फर्काएसम्म चल्ने छ। सिक्किम सरकार अधिनस्थ एसएनटी बसहरूमा चडाएर सामाजिक दूरत्व र स्वच्छताको मानदण्डलाई पालन गर्दै सीमा नाका सम्म ल्याइएको थियो भने सीमानामा पूर्ण रूपमा स्वच्छीकरण गरेर बसबाट निस्किएका मानिसहरूलाई स्वास्थ्य जाँच सहीत डिक्लेरेशन फारम भर्न लगाएर उनीहरूलाई कुन क्वारिन्टिनमा पठाउने भन्ने बारे जाँच पछिको रिपोर्ट अनुसार व्यवस्थित गरिएको थियो।

रम्फूमा पत्रकारहरूसित कुराकानी गर्दै पूर्व जिल्लाका जिल्लापाल राज यादवले भने, रम्फूबाट 69 जना नागरिक आएका छन्। सबै रेड जोनबाट आएको हुनाले सतप्रतिशत फेसिलिटि कोरिन्टिनमा रहनेछन्। उनले अहेल महकुमा स्तरमा रम्फू, पाकिम रोङलीमा कोरिन्टिनको व्यवस्था रहेको बताए। पहिले रम्फूमा पठाउने त्यसपचि आवश्यक परेमा अन्य ठाउँमा पठाइने बताए। उनले सिक्किमे नागरिकलाई फर्काइल्याउन सिक्किम सरकार प्रतिबद्ध रहेको बताउँदै भने,सरकारको भनाई सफा छ सिक्किमेको सुरक्षा गर्न प्रतिबद्ध छ र मुख्यमन्त्रीको निर्देशलाई पालन गर्दै हामी प्रशासन पूर्ण रूपमा प्रतिबद्ध छौ। अर्कोतिर कोरिन्टिनको ठाउँहरूबार उठेक जनताको गुनासो बारे बोल्दै भने जनताले बुझ्नुपर्छ फर्कि आएकाहरू सिक्किमको मान्छे हो हामीले हाम्रो परिवारको सदस्यलाई बाहिर निकाल्नु सक्दैनौं। आज सिलगढीबाट रम्फू दिउँसो 3 बजीमात्र फर्किएका मानिसहरू लिएर बस आइपुगेको थियो। जहाँ उनीहरूलाई ल्याइएको विषयमा जानकारी लिन सिक्किम सरकारका स्वास्थ्य मन्त्री एमके शर्मा अनि लोकसभा सांसद इन्द्र हाङ सुब्बा पनि रम्फू पुगेका थिए।

ओर्कोतिर सरकारी कोरिन्टिन बाहेक सुविधाको निम्ति पेड कोरिन्टिनमा बस्ने सुविधा पनि गरिदिएको अनि यसोक निम्ति होटलहूर व्यवस्थि गरिदिएको जसको भुक्तान गरेर बस्न सक्ने बताए। अर्कोतिर फेसिलिटि कोरिन्टिनमा आउनेहरूलाई भने आफै कम्बल, सिरानी र च्यादर लिएर आउने तथा परिवारले ल्याउन पर्ने बताए। आज आएकाहरूललाई रम्फूको माझी गाउँमा रहेको क्वारिन्टिनमा पठाइयो। प्रवेश द्वाराबाट आएपछि बस डिसइन्फेक्ट गरेपछि वेटिङ सेडमा बसेर मेडिकल चेक गरेपछि होम कोरिन्टिन हो कि होम कोरिन्टिन पठाउने व्यवस्था गरिएको बताए। अर्कोतिर

होम कोरन्टिनमा आशा आगवाडी वर्करको जिम्मा समिति गठन गरेर तयारी गरिए अनि होम क्वारिन्टिनमा बस्दा सबै देखरेख उनीहरूको कडा निगरानीमा हुने बकाए। होम क्वारिन्टिन साधरण रूपमा ग्रीन जोनबाट आएकोले मात्र लिनसक्ने तथा रेड जोनबाट आउनेलाई अऩिवार्य रूपमा फेसिलिटि कोरिन्टिनमा बस्नु पर्ने निर्णय गरिएको पनि बताएका छन्।

मल्ली र रम्फूमा स्वच्छताको मानदण्डको निम्ति आवश्यक सबै मानदण्ड र तयारी पूर्ण रूपमा सशक्त रूपमा गरिएको पनि बताइएको छ। उल्लेखनीय छ देशभरिबाट सिक्किम फर्कि आउन चहानेहरूको निम्ति राज्य सरकारले वेब पोर्टल मार्फत पञ्जिकरण गर्नुपर्ने व्यवस्था गरेको छ। यसका साथै आरोग्य सेतु अनिवार्यरूपमा डाउनलोडन गर्न गरिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!