Loading... आजः मंगलबार , मंसिर १८, २०८१

सिक्किम बाहिर अड्केका मानिसहरूलाई फिर्ता ल्याउने पहल गर्दै सरकार जारी गऱ्यो वेब पोर्टल अनि हेल्पलाइन नम्बर


गान्तोक, 2 मई। विश्व महामारी कोविड 19 को विरूद्ध चलिरहेको लकडाउनको तीन मईपछि के हुन्छ भन्ने बारेमा सिक्किम सरकारका मुख्य सचिव सीएस गुप्ताले केन्द्र सरकारको गाइडलाइन्सलाई पर्खिएको बताएका छन्। यस अघि केन्द्र सरकारबाट आएको गाइडलाइन्समा उल्लेख गरिएको अनुसार राज्य बाहिर भएका विद्यार्थी, बिरामी अनि उनीहरूका अभिभावकहरू र राज्य बाहिर काम गरिरहेका मानिसहरूलाई राज्य फर्काउने विषयमा टास्क फोर्सको सभामा चर्चा भएको बताएका छन्। उनले अहिले राज्य बाहिर रहेका सिक्किमेहरूको आँकडा 6 हजार 4 सय 24 जना रहेको जानकारी दिए। उनले जिल्लापालहरूले पञ्चायत अनि विधायकको माध्यमबाट बटुलिएको आँकडा अनुसार उल्लेख गरिएको बताएका छन्। गएको 1 मईको दिन मुख्यमन्त्री पीएस तामाङसँग आयोजित उच्चस्तरीय सभामा पनि यस विषयमा चर्चा गरिएको बताए । उनले यस सभामा राज्यका विपक्षी पार्टीका विधायक अनि जिल्ला अध्यक्ष उपाध्यक्षहरू रहेको बताएका छन्। मुख्य सचिवले केन्द्र सरकारबाट आएको दिशानिर्देश अनुसार काम गर्ने अनि नोडल अफिसर नियुक्त गरि बाहिरका मानिसहरुलाई ल्याउने काम गरेको बताएका छन्। उनले विभिन्न राज्यबाट फर्किने मानिसहरूको निम्ति राज्य सरकारले वेब पोर्टल बनाएको अनि त्यसमा पञ्जिकरण गरेर आफ्नो सम्पूर्ण डेटा दिनुपर्ने पनि बताएका छन्। यसरी नै सिक्किम सरकारद्वारा तयार गरिएको पोर्टलमा पञ्जिकरण गर्नको निम्ति केन्द्र सरकारद्वारा तयार गरिएको आरोग्य सेतू एप्लिकेसनमा आफ्नो मोबायल नम्बर पञ्जिकरण गरेको अनि आरोग्य सेतू डाउनलोड गरिएको हुनुपर्ने बताए।
अर्कोतिर राज्य सरकारले नोडल अधिकारी नियुक्त गरी राज्य सरकारको लेण्ड रेभिन्यू डिपार्टमेण्टमा कण्ट्रोल रूम खोलेर मानिसहरूलाई सहयोग गर्ने काम गरिरहेको छ। राज्य बाहिर रोकिएका अनि सिक्किम आउन चाहनेहरूले आफ्नो एण्ड्रोइड फोनबाट पनि वेब पोर्टलमा पञ्जिकरण गरेर आफ्नो ठेगाना, आफू कुन राज्यमा फसिएको छ, सिक्किमको कुन स्थानमा कोरेण्टिनमा बस्न सजिलो पर्छ त्यो सबै पोर्टलमा उपलब्ध गराउनुपर्नेछ। यदी आरोग्य सेतूमा आफ्नो फोन नम्बर पञ्जिकरण गरिएको छैन भने यस पोर्टलमा पनि आफूले आफ्नो नम्बर पञ्जिकरण गर्न सक्नेछैनन्। एण्ड्रोइड चलाउन नसक्ने र फोन नभएकाहरूले हेल्प लाइन नम्बरमा फोन गरेर आफ्नो पञ्जिकरण गर्न सक्नेछन्। सिक्किम बाहिर बसिरहेका सबैले covid19sikkim.org मा पञ्जकरण गर्नुपर्नेछ। सिक्किम फर्किआउन चाहने सबैले अनि बाहिर बस्दैआएकाहरूले पनि पञ्जिकरण गर्नु अनिवार्य रहेको बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!