Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किम बाहिर पढ्दै गरेको विद्यार्थीलाई घर फर्काइउने निर्णय गरिएको छः जीपी उपाध्यय


गान्तोक, 24 अप्रेल। सिक्किम राज्य बाहिर पढिरहेका सिक्किमे विद्यार्थीहरूलाई फर्काइ ल्याउने कुरालाई लिएर सिक्किम सरकारका अतिरिक्त मुख्यसचिव तथा शिक्षा विभागका प्रधानसचिव जीपी उपाध्यायले सरकारको तयारीबारे पत्रकारहरूलाई जानकारी गराएका छन्। उनले भनेका छन्, सिक्किमका राज्य बाहिर पढ्न विद्यार्थीहरूलाई सिक्किम ल्याउने विषयमा हिजो 23अप्रेलको दिन राज्यका मुख्यसचिवको अध्यक्षतामा टास्कफोर्सको पनि सभा बसेको थियो। यस अघि सिक्किम सरकारका शिक्षा मन्त्रीसँगको विभागीय अधिकारीगण, विभिन्न विश्वविद्यालयका उप-कुलपति अनि राज्यका कलेजहरूका प्रधानाचार्यहरूसँग बसेको वैठकले विद्यार्थीहरूको कूलसंख्या अनि उनीहरूलाई राखिने स्थानको निम्ति फैसला लिएको जानकारी दिएका छन्।
सिक्किमका बाहिर पढ्ने विद्यार्थीहरू 18 सयजना जति रहेको जानकारी दिँदै उनले लकडाउन पछि हवाई जहाज अनि रेलहरू खोलिए राज्यबाहिर भएका विद्यार्थी अनि विरामी र उनीहरूका अभिभावकहरू पनि आउने सम्भावना रहेको बताए। सरकारले विद्यार्थी अनि विरामी र उनीहरूका अभिभावकहरूलाई राख्नको निम्ति कोरेण्टिनको स्थान खोज्ने कुरामा चर्चा गरिएको बताए। उनले राज्य बाहिरबाट आउनेहरूलाई कोरेण्टिनमा राख्नको निम्ति विभिन्न होस्टल, होटल, शैक्षिक संस्थानहरूको प्रयोग गरिने जानकारी दिए।
उनले एसएमआईटीमा एक हजार जति पलङ भएको हस्टेल, विभिन्न स्कूलहरूमा दुईसयसम्म पलङ भएका भवनहरू अनि कतिपयः जनजाति स्कूलहरूमा पनि स्थान पाइको बताएका छन्। उनले तक्निकी सहायताको माध्यमले बाहिरबाट आउनेहरू कहिलेसम्ममा आउनेछन् त्यो पत्तो लगाइ त्यसै अनुरूप कोरेण्टिनको व्यवस्था गरिने बताए। अर्कोतिर उनले रम्फू अनि मल्लीमा रेपिड टेस्ट गराउन स्वास्थ्य विभागको पहल रहने र यदी उनीहरूमा नकारात्मक असर देखिए उनीहरूलाई कोरेण्टिन सुविधामा राखिने बताउँदै उनीहरूलाई कम्तिमा 14 दिनको निम्ति कोरेण्टिनमा राखिने बताए।

यस अतिरिक्त उनले विभागले केही होटलहरू पनि कोरेण्टिनको प्रबन्ध मिलाइएको बताएका छन्। उनले बाहिर पढेर आउने विद्यार्थीहरूलाई यदी उनीहरूका अभिभावकले होटलमा राख्न चाहे आफैं खर्च बेहोरेर राख्नसक्ने जानकारी दिएका छन्। होटेलमा कोरेण्ट गरिएकाहरूले कम्तिमा एक हजाररुपियाँ तिर्नुपर्ने छ भन्दै उनले सरकारले निर्धारण गरिएका हस्टेलहरूमा भने सबै सरकारले नै गर्ने पनि जानकारी दिएका छन्।
उनले विद्यार्थीहरू आउँदा कुनै पनि भीड र नहुने र उनीहरूको जाँच राम्रोसग गरिने जसले सिक्किम र सिक्किमेको सुरक्षा हुनेछ भनेका छन्। उनले अहिले सिक्किममा बाहिरि राज्य अथवा गैर सिक्किमे विद्यार्थीहरू 6 हजार अधिक रहेको र उनीहरू फर्किएर आउँदा उनीहरूलाई पनि कोरेण्टिनमा राख्ने प्रावधान गरिने बताए। उनले सिक्किम केन्द्र विश्वविद्यालय र रिनक कलेजका विद्यार्थीहरूलाई कोरेण्टिनमा राख्न समस्या हुने बताएका छन्। उनले सिक्किम केन्द्रिय विश्वविद्यालय र रिनक कलेजमा भने बस्नको निम्ति धेरै असुविधा भएको र विद्यार्थीहरू फर्किएर आउँदा उनीहरूलाई राख्ने ठाउँको समस्याको चेलेञ्ज भने सरकारले बेहोर्नुपर्ने बताएका छन्।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!