Loading... आजः सोमबार , कार्तिक १९, २०८१

सिक्किम बिहारी जागरण मञ्चले कोविड 19 विरूद्ध लड्ने फ्रन्ट वारियरलाई सम्मान


गान्तोक, 4 जुलाई। सिक्किम बिहारी जागरण मञ्चले राजधानी गान्तोकमा टीम टासीको साथमा पछिल्लो चार महिनादेखि लागातार रूपमा घरबाट टाडा रहेर राज्यलाई कोविड 19 मुक्त बनाउने अभियानमा खटेर विभिन्न कोरिन्टिन सेन्टर र अन्य प्राशानिक क्षेत्रहरूको सेनिटाइजेशनको काम गरिरहेकाहरूलाई सम्मान जनायो। राजधानीको एमजी मार्ग स्थिति जिला नियन्त्रण केन्द्रमा 4 महिनादेखि बस्दै आएका कोविड योद्धाहरूको झुण्डलाई आज साँझ अभिन्दन पत्र प्रदान गरेर सम्मान जनायो। सिक्किम बिहारी जागरण मञ्चको गान्तोक शाखा अध्यक्ष, बालुवाखानी शाखा अध्यक्ष केके शाह (कृष), रक्तदान शाखा महासचिव तथा युवा अध्यक्ष बिहारी जगारण मञ्चको उपस्थिति रहेको थियो।

कार्यक्रममा कोविड वारियरहरूलाई खादा लगाएर सम्मान गर्नका साथै उनीहरूले अभिनन्द पत्र प्रदान गरियो। आजदेखि जिल्ला नियन्त्रण कक्षमा बस्दै आएको टीम टासीले सेनिटाइजेशनको टोलीको काम सकेर घर प्रस्थान गरे। यसैगरि उनीहरूलाई यसरी अभिनन्दन गरिएकोमा दलका प्रमुख टासी भोटियाले बिहारी जागरण मञ्चले विभिन्न प्रकारले सहयोग गर्दै आएको तथा आज यसरी सम्मान गरेकोमा आभार प्रकट पनि गरे। अर्कोतिर महासचिव विरेन्द्र प्रसादले भने सिक्किमको निम्ति आफ्नो सबै दुःख पिडा त्यागेर कोविड 19को निम्ति खटिदिएर सबैलाई गुन लगाएको बताए। उनले यसबारेमा बिहारी जागण मञ्चले आभार प्रकट गर्दै उनीहरूलाई यसरी सम्मान जनाउन पाउँदा खुसी व्यक्त गरे।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!