Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किम रहेन कोरोनामुक्त राज्य, भेटियो एउटा सकारात्मक मामिला


गान्तोक, 23 मई। अहिलेसम्म कोविड-19मुक्त रहेको सिक्किममा पहिलो कोरोना सकारात्मक मामिला आएको छ। यसको जानकारी सिक्किम सरकारको स्वास्थ्य विभागका सचिव तथा डीजी डा. पेम्पा टी. भोटियाले दिए। उनले आधिकारिक पत्रकार सम्मेलन आयोजन गरेर सचिवालयमा यस प्रकारको जानकारी दिएका हुन। कोविड-19 सकारात्मक भेटिएको बिरामी 25 वर्षीय युवक हुन भने उनी दक्षिण सिक्किम निवासी बताइको छ। उनी देशको राजधानी नयाँ दिल्लीबाट गत 17 मईको दिन मात्र फर्किआएका हुन भने उनी दिल्लीबाट नीजि बसमा सिलगडीसम्म आएका थिए। सिलगडीबाट दक्षिण सिक्किमको मल्ली नाकाबाट 19 मईको दिन सिक्किम सरकारले उपलब्ध गराएको एसएनटी बसबाट सिक्किम प्रवेश गरेका थिए। उनलाई दक्षिण सिक्किमको राभङ्लास्थित जेएनभी होस्टेलमा सरकारले प्रदान गरेको सुविधा कोरेण्टिनमा राखिएको थियो।
उनले कताए अनुसार, उक्त बसमा जम्मा 12 जना रहेका थिए भने ती मध्ये तीन जना दक्षिण सिक्किमको अनि नौ जना पश्चिम सिक्किमको रहेका थिए। उनीहरू नयाँदिल्लीमा एउटा कोचिङ क्लासमा परिक्षाको तयारी गरिरहेका थिए। विरामी युवकलाई 21मईको दिन ज्वरो र चीसो लागेको सङ्केत पाएपछि तुरन्तै जिल्ला अस्पतालमा लगेर जांच गराएपछि 22 मईको दिन कोविड-19 अस्पताल एसटीएनएममा सारियो जहाँ उनको नमुना जाँच ट्रूनेट मसिनमार्फत गर्दा कोविड-19 सकारात्मक देखिएपछि पुनः आरटीसीपीआर-मा जाँचको निम्ति उत्तर बङ्गाल मेडिकल कलेजमा आज बिहान पठाइएको थियो भने दिउँसो लगभग साडे तीन बजी कोविड-19 सकारात्मक भएको पुष्टी भएपछि स्वास्थ्य सचिवले सबैलाई यसको जानकारी होस भनेर पत्रकार सम्मेलन आयोजन गरेको बताए।
अर्कोतिर उनले उक्त बिरामी सित सम्पर्कमा रहेकाहरूलाई तुरन्तै खोजविन गर्ने प्रक्रिया शुरु गरेको अनि उनीसितै यात्रा गरेर आएकाहरूलाई सरकारी सुविधाको एकान्तवासमा राखिएको हुनाले सबै विभागको सम्पर्कमा रहेको बताए। अब एसएनटी बसका चालकलाई भने एकान्तवासमा राखेर कोविड-19 जाँच गर्ने बताए। यसरी नै उक्त विरामीको देखभालमा रहेका एकजना चिकित्सक र एकजना परिचारिकालाई कोविड-19 सकारात्मक आउन साथै कोरेण्टिनमा राखिएको बताए। सबै सरकारी सुविधा एकान्तवासमा रहेकाहरूलाई पूर्ण सुरक्षासँगै देखरेख गरिरहेको जानकारी दिए। शुरुमा उक्त विरामीको सिम्टोमेटिक रहेको तर अहिले उनी सकारात्मक भेटिएपछि भने उनको स्वास्थ अवस्था स्थीर र एसिम्टोमेटिक भएको बताए। उनलाई अहिले आइसोलेसन वार्डमा राखिएको पनि जानकारी दिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!