Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किम विश्वमविद्यालयमा ‘महिला सशक्तिकरणः विषय तथा भावी परिप्रेक्ष्य’ विषयमा गोलमेच सम्मेलन


गान्तोक, ८ मार्च। ‘महिला सशक्तिकरणःविषय तथा भावी परिप्रेक्ष्य’ विषयमा आज सिक्किम विश्व विद्यालय, तादोङको कावेरी सभागृहमा गोलमेच सम्मेलन आयोजन गरियो| महिला तथा शिशु विकास मन्त्रालय तथा विश्वभविद्यालय अनुदान आयोगको (युजीसी) प्रायोजनमा उक्त कार्यक्रम सिक्किम केन्द्रिय विश्व विद्यालयद्वारा आयोजन गरिएको थियो| सिक्किम विश्व्विद्यालयका पञ्जियक टीके कौलको अध्यक्षतामा आयोजित सत्र उत्तरबङ्ग विश्व्विद्यालयको अर्थशास्त्र सङ्कायकी प्रो. सञ्चारीरोय मुखर्जीको सम्बोधनसँगै शुरु भएको थियो|
आफ्नो सम्बोधनमा प्रो. मुखर्जीले यस वर्षको अन्तरराष्ट्रिय महिला दिवसको ध्येयवाक्य ‘लैङ्गिक समानता महिलाहरूको अधिकार प्राप्तितर्फ’को महत्त्वबारे जानकारी दिइन्| यस वर्षको दिवस धेरै महत्त्वपूर्ण रहनका साथै धेरैवटा विषयको चर्चा गर्न आवश्यक रहेको बताइन्| वर्ष १९९५ को बेजिङ घोषणा तथा कार्यमञ्चको उल्लेख गर्दै महिला सशक्तिकरणको सबै सन्दर्भमा हालसम्म गरिएको प्रगतिको मूल्याङ्कन गर्न आवश्यक रहेको कुरामाथि जोड दिइन्| दुई तिहाईभन्दा बढी चरम गरीबीमा पर्नेहरू महिला नै रहेको र यसले पनि अर्थनीतिलाई धेरै नै प्रभावित पारिरहेको प्रो. मुखर्जीले बताइन्| सशस्त्र सङ्घर्षको कारण सबैभन्दा धेरै महिला तथा बाल-बालिकाहरू पीडित बन्ने उल्लेख गर्दै मानव अधिकारका साथमा श्रमको क्षेत्रमा पनि केही चिन्ताको विषय रहेको कारण उनीहरूले कम ज्याला पाउनका साथमा उनीहरूको कामलाई पनि आर्थिक गतिविधि नमान्ने गरिएको बताइन्| यसका अतिरिक्त, महिलाहरूको मर्यादा हनन गर्ने सबै प्रकारको यौन उत्पीडनको विषयलाई पनि रोक्न त्यति नै महत्त्वपूर्ण रहेको बताइन्|

महिलाहरूलाई बन्देजमा पार्ने सबै लैङ्गिक नियमलाई चुनौती दिँदै रूढिहरू तोड्न आवश्यक रहेको कुरामाथि बल दिँदै महिलाहरूले नै अघि बढ्दै एका-अर्कालाई सशक्त बनाउनुपर्ने प्रो. मुखर्जीले जनाइन्| लैङ्गिक हिसाबले समान विश्वा स्थापित गर्न सानो कदमबाटै शुरु गरौं, उनले आह्वान गरिन्|
यस प्रमुख सम्बोधनपछि विषयमाथि सामूहिक चर्चा सत्र राखिएको थियो, जसमा सिक्किमकी अतिरिक्त महाधिवक्ता डा. डोमा भोटिया, विशेष सचिव एवं स्वच्छ भारत अभियानका मिशन निर्देशक अनिलराज राई, समिट टाइम्स अङ्ग्रेजी दैनिक पत्रिकाका सल्लाहकार सम्पादक पेमा वाङचुक, वन विभागकी अवकाशप्राप्त प्रमुख शोध अधिकारी श्रीमती ऊषा लाचुङपा, सिक्किम पुलिसकी एसपी (सीआइडी) श्रीमती ओङमू भोटिया, रिनाक सरकारी कलेजकी प्राध्यापिका डा. ईयता उप्रेती तथा सिक्किम विश्वभविद्यालयको आन्तरिक उजुरी कमिटीकी अध्यक्षा डा. स्वतिअक्षय सचदेव सामेल रहेका थिए|
अतिरिक्त महाअधिवक्ता डा. डोमा भोटियाले आफ्नो सम्बोधनमा उक्त पदमा उनको नियुक्तिले मौनता तोड्ने अवसर प्रदान गर्नका साथै अरू महिलाहरूको निम्ति आशा जगाएको बताइन्| महिलाहरूको सेवाका लागि संरचनागत परिवर्तन आवश्यक रहेकौ उल्लेख गर्दै दुवै महिला अनि पुरुषका लागि समान न्याय सुनिश्चिपत गर्न त्यस्ता संरचनागत बाधाहरू तोड्न आवश्यक रहेको बताइन्|
महिलाहरूको रजोधर्मको स्वच्छताबारे जागरूकता फैलाउन अग्रणी भूमिका खेलिरहेका विशेष सचिव तथा स्वच्छ भारत अभियानका मिशन निर्देशक अनिलराज राईले विषयमाथि खुलेर बोल्ने समय आएको बताए| यस विषयमा सिक्किमे जनमानसमा सकारात्मक परिवर्तन आइरहेको पनि उनले उल्लेख गरे| यसका साथै सबै प्रतिभागीलाई फोहोर नै सिर्जना नगर्ने तथा प्लास्टिकको उपयोग सक्दो धेरै कम मात्र गर्न पनि अपील गरे|
समिट टाइम्स अङ्ग्रेजी दैनिक पत्रिकाका सल्लाहकार सम्पादक पेमा वाङचुकले सिक्किममा महिलाहरूको समग्र स्थितिबारे आफ्नो अभिमत पेश गरे| महिला सशक्तिकरणका विषय गलत तरिकाले पेश गर्ने गरिएको हुँदा केही विषयमा चर्चा-परिचर्चा अति नै आवश्यक रहेको उनले बताए| सिक्किममा महिलाहरूको अस्तित्त्व, उत्तराधिकार तथा राजनीतिक प्रतिनिधित्त्वबारे पनि उनले आफ्नो मन्तव्य पेश गरे|
सिक्किम सरकारको वन विभागकी अवकाशप्राप्त प्रमुख शोध अधिकारी ऊषा लाचुङपाले महिला हुनुमै धेरै शक्ति रहेको तथा महिलाहरूमा असुरक्षा तथा अपर्याप्तताको भावना त्याग्नुपर्ने बताइन्| परिवारमा महिलाहरू नै निर्णय लिने मुखिया रहेको उनले बताइन्| सिक्किमको वन विभागमा कैयौं वर्षसम्म शोधार्थीको रूपमा काम गरेको विषयमा आफ्नो अनुभव पनि उनले साझा गरिन्|
पुलिस अधीक्षक (सीआइडी) ओङमू भोटियाले सिक्किम सरकारको विभिन्न मारीमुखी पहलहरूबारे जानकारी दिँदै समाजमा निर्णायक भूमिका निर्वाह गर्न महिलाहरूलाई सशक्त बनाउन आवश्यक रहेको बताइन्| सिक्किम सरकारले अन्यका साथसाथ सरकारी नोकरीमा महिलाहरूको निम्ति ३३ प्रतिशत तथा पञ्चायतीराज संस्थानमा ५० प्रतिशत आरक्षण सुनिश्चियत गरेको पनि जानकारी दिइन्|
रिनाक सरकारी कलेजकी प्राध्यापिका डा. ईयता उप्रेतीले सिक्किममा आफ्नो शोध अनुभव साझा गर्दै महिला सशक्तिकरणको सन्दर्भमा हामीले प्रतीकवादबाट बाहिर निक्लिनुपर्ने बताइन्| ‘परिवार धान्नसक्ने महिलाले संस्थान पनि सजिलै चलाउन सक्छन्| महिलाहरूले कुनै पनि काम प्रतिबद्धताका साथ गर्नुपर्दछ’, उनले बताइन्|
सिक्किम विश्व विद्यालयको आइसीसीकी अध्यक्षा डा. स्वतिअक्षय सचदेवले आफ्नो सम्बोधनमा, समाजविज्ञानीका रूपमा उनले सामना गरेका केही विशेष विमर्शको उल्लेख गरिन्| ‘सिक्किममा कन्या भ्रूणहत्या तथा दाइँजो प्रथा लागू हुँदैन| देशको श्रेष्ठतम लैङ्गिक सूचक सिक्किमले प्रस्तुत गरेको छ जहॉं ४० प्रतिशतभन्दा धेरै महिला श्रमशक्तिको सहभागिता छ| महिला साक्षरता दरका साथमा छोरीहरूको स्कूलमा प्रवेश दर धेरै बढेको छ| तथापि, सिक्किममा सम्बोधित गर्नुपर्ने विषयहरू धेरै छन् र जनमानसको सोच्ने तरिकामा पनि परिवर्तन आउन आवश्यक छ,’ उनले बताइन्|
सिक्किम विश्वनविद्यालयका पञ्जियक टीके कौलले संरचनागत परिवर्तनका साथमा जनमानसको मनस्थितिमा पनि परिवर्तन आउनका साथै महिलाहरूको राजनीतिक सशक्तिकरण त्यति नै आवश्यक रहेको बताए| सिक्किममा तथापि महिलाहरू सशक्त रहेको पनि उनले बताए|
सामूहिक चर्चा-परिचर्चापछि अन्तरक्रिया सत्र राखिएको थियो, जहॉं विश्वचविद्यालयको सङ्काय सदस्य, शोधार्थी तथा उपस्थित विद्यार्थीहरूले सहभागिता जनाए|
अन्त्यमा धन्यवाद प्रस्ताव सिक्किम विश्वसविद्यालयको चिनियॉं सङ्कायकी सहायक प्रोफेसर डा. धृति रोयले पेश गरिन्| (पीआइबी)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!