Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किम सरकारको लापरवाहीले 124 जना युवाको भिवष्य अन्धकार भएको छः पासाङ शेर्पा


गान्तोक, 29 जून। सिक्किममको विभिन्न पाठशालाहरूमा कार्यरत 124 जना संस्कृत शिक्षकहरूलाई नियुक्तिपछि नौ महिनाको वेतन भुकतान गर्दै नोकरीबाट छुट्‌टी दिएपछि उठेको िववादबारे क्याम्पेन 371 एफका संयोजक पासाङ शेर्पाले क़डा प्रितिक्रया जनाएका छन्‌। उनले राज्य सरकारले राष्ट्रिय संस्कृत संस्थानबाट पैसा नआएको कारण नोकरीबाट अवकास िदएको कुरालाई सरकारको कमजोरीको संज्ञा दिएका छन्‌। उनले आफु स्वयंले आज बिहान मात्र केन्द्रिय मानव संसाधन मन्त्रालय र संस्थानिसत कुरा गर्दा सिक्किम सरकारलाई संस्थानले दिएको मानदण्ढ पूरा नगरेपिछ संस्कृत शिक्षकहरूको निम्ति संस्थानले वेतन भुकतान नगरेको थाहा लागेको बताए। यसका साथै राज्यबाट गएको फाइल नचलेको संस्थानका अिधकारीले स्पष्ट बताएको हुनाले राज्य सरकारको लापरवाहीले गर्दा सिक्किमको 124 जनाको भविष्य अन्धकार भएको दाबी गरे। उनले भने,नियुक्ति दिएपिछ तुरून्तै राज्य सरकारको तफर्बाट मानदण्ड पूरा गर्नुपर्ने प्रक्रिया थाल्नु पर्थ्यो। यसका साथै संस्थानसित निरन्तर सम्पर्क बनाउन राज्यको शिक्षित भिनएको सांसद इन्द्र हाङ सुब्बाले कुनै काम नगरेको स्पष्ट भएको बताए। यसरी नै सरकारले केन्द्र सरकारका ठूला अिधकारीहरूसित सम्पर्क गर्न भनेर नियुक्त गरेको ओएसडी सुनिल सरौगीलाई के को निम्ति राखेको जब , सिक्किमे जनताको काम गर्न सक्दैन भने, उनले प्रश्न गरे। यसरी नै राज्य सरकारले संस्कृत शिक्षकहरू नियुक्त गर्दा धेरैले मानदण्ड पूरा नगरेको भन्ने भनाइ रहेको भए पनि मानदण्ड पूरा गराउन तयारी हुनु पर्ने अिन संस्थानसित सिक्किमको विशेषतालाई ध्यानमा राखेर यसको निम्ति समय माग्न सक्ने भएको भए पिन सरकारले ठ्‌याम्मै काम नगरेकाले यस्तो स्थिति आइपरेको बताए। अिहले राज्य सरकारले संस्कृत शिक्षकहरूको वेतनको निम्ति छुट्‌याएको रकम पिन कहींबाट व्यवस्था गरेको हुन सक्ने अिन त्यो पिन यस्तो महामारीको समयमा भुकतान नगरेर अहिले रोजगारबाट मुक्त गर्दै भुक्तान गर्ने बताएको हुनाले सरकारको नियतमा खोट रहेको आरोप लगाए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!