Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किम सरकारले 23 मार्चदेखि वाहन चलाचलमा अड एण्ड इभन फरमुला लगाउने


गान्तोक, 21 मार्च। विश्वव्यापी रूपमा कोरोना भाइरसको संक्रमण रोक्ने विभिन्न पहल भइरहेको समय भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले 22 मार्चको दिन डाकेको जनता कर्फ्युलाई पूर्ण रूपमा सफल पार्ने उद्देश्यले सिक्किम सरकारको परिवहन विभागले आइतबार जनता कर्फ्युको समय राज्यभरि कुनै वाहन चलाचल पूर्ण रूपमा ठप्प गर्ने निधो गरेको छ। आज सचिव राजु बस्नेतले एउटा परिपत्र जारी गरेर सो निर्णय बताएको छ। यसैगरि 23 मार्च अर्थात सोमबारदेखि राज्यमा चल्ने वाहनहरूलाई अड एण्ड इभन फर्मुला अवलम्बन गरेर वाहनहरूले एक दिन बिराएरमात्र सड़कमा ओर्लिन पाउने छ। यो आदेश 15 अप्रेलसम्म लागु हुने बताइएको छ। जसमा सोमबार अड नम्बर कुदेको खण्डमा मङ्गलबार इभन नम्बर सड़कमा गुड्न पाउनेछ। निजी र सरकारी वाहनहरू रम्फू र मल्ली चेकपोष्ट केवल आपतकालिन अवस्थामा मात्र पार गर्न पाउनेछन्। यसको निम्ति सबन्धित क्षेत्रको महकुमा अधिकारी तथा खण्ड विकास अधिकारीको अनुमतिमा पास लिएर राज्यको सीमाना पार गर्न पाउने छन्। समाचार लेखिञ्जेलसम्म भारतमा कोरोना पिडीतिको संख्या 310 पुगिसकेको छ भने मर्नेहरूमा संख्या 4 जना रहेको छ। यद्यपी सिक्किममा भने अहिलेसम्म कसैलाई कोरोना लागेको पुष्टि भएको छैन। यद्यपी केही व्यक्तिलाई कोरोन्टाइनमा राखिएको छ भने एक जनालाई आइसोलेशनमा राखिएको भए पनि कोरोनाको पोजेटिभ रिपोर्ट आएको छैन।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!