Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किम सरकार कल आज और कल भी आप के साथ है चिंतित न होः इंद्रहांग सुब्बा


रम्फू 4 मई। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले रम्फूमा राज्य बाहिरबाट सिक्किम फर्किआउन चहानेहरूको निम्ति गरिएको तयारीबारे जानकारी लिएका छन्। उनले सेनिटाइजेशन, स्क्रिनिङ र पञ्जिकरण गरेर फर्किनेहरूको निम्ति विशेष तयारीहरूको विस्तृत जानकारी लिए। रम्फू प्रवेश द्वारमा रहेको जाँच केन्द्र, क्वारेन्टिन र बाहिरबाट आउनेहरूको निम्ति गरिएको स्क्रिनिङको छुट्टै व्यवस्था आदीको जानकारी लिए। यसैगरि उनले सिक्किम सरकारको पहल अनि कोविड 19 बारे चलिरहेको विभिन्न तयारीबारे पनि जानकारी दिएका छन्। यस अवसरमा एसडीएम रम्फू, पुलिस प्रशासनका प्रतनिधि र स्वास्थ्य विभागका कर्मचारीको उपस्थिति रहेको थियो।
पत्रकारहरूसित विशेष कुराकानी गर्दै भने,सर्वप्रथम त जो अहिले बाहिर अड्किएका छन् उनीहरू विभिन्न जोनमा छन् जस्तै कतिजना रेड जोनमा छन् कतिजना ओरेञ्ज र कतिजना ग्रीन जोनमा छन तर सबैलाई फर्काई ल्याउने जिम्मेवारी राज्य सरकारको हो त्यसैको तयारी भइरहेको छ अनि मैले यहाँ भइरहेको तयारीको निरिक्षण गरेँ। उनले अझ बने फर्काई ल्याउने हाम्रो जिम्मेवारी भएको हुनाले सबै कानुन आदेश लगाउने प्रशासन सबैले मिलेर कार्य गरिरहेका छन्। बाहिरबाट फर्किआउनेहरूको निम्ति क्वारेन्टाइनको व्यवस्था भइरेको छ भने कति ठाउँमा व्यवस्था पुरा गरिसकिएको छ। यहाँ रम्फूमा भइरहेको तयारीबारे जानकारी लिनु आएको हुँ अनि यहाँ आउनेहरू दुईवटा राज्यबीच वार्ता गरेर ल्याउने व्यवस्था गर्नुपर्नेछ अनि नोडल अधिकारीहरूको वार्तालाप पुरा भएपछि भोलिदेखि भए पनि ल्याउन तयार रहेका छौं, उनले जानकारी दी। यसैगरि राज्य बाहिर रहेका विद्यार्थी र अन्यले गर्नु पर्ने पहलबारे बोल्दै भने, अहिले देशभरि सबै राज्यहरूले नोडल अधिकारी नियुक्त गरेको छ सिक्किमले पनि गरेको छ उनीहरूकै मार्फत विद्यार्थीहरूलाई ल्याउनेछौ त्यसै गरि अन्यले पनि नोडल अधिकारीलाई सम्पर्क गरेर आउने पञ्जिकरण गर्नुपर्ने बताए। यसैगरि घर फर्किआउनेहरूले हतार नगर्ने अनुरोध गर्दै भने जो पनि फर्किएर आउन चाहन्छन् उनीहरू नआत्ति सबै मानदण्ड पुरा गरेर जहाँ जहाँ सम्पर्क गर्नुपर्ने अथवा हामीलाई नै सम्पर्क गरेर सिक्किम आउने अपिल गर्नु चहान्छु। तर अहिले जहाँ पनि छन् उनीहरू सुरक्षित छन् त्यो नै सुरक्षित ठाउँ हो उनीहरू फर्खिदा धेरैवटा रेड जोन पार गरेर आउनुपर्छ। त्यसैले बाहिर बस्नेहरूलाई फर्किएर आउँदा धेरै भन्दा धेरै खतरा हुन्छ किन भने व्यक्तिगत रूपमा एक एकजनालाई सुरक्षित पार्न नसकिएला तर कहीँ कतैबाट संक्रमण भइहाल्न सक्छ त्यसैले सबैले फर्किए आउँदा धेरै भन्दा धेरै सुरक्षा र सतर्कताला ईध्यान दिएर आउने अपिल गर्न चहान्छु, सांसद सुब्बाले भने।

अर्कोतिर कोरिन्टिनको निम्ति चयन गरिएका केही ठाउँहरूमा उठिरहेको आपत्तिबारे बोल्दै मानिसहरूले यसबारे जागरूक हुनुपर्छ। किन भने जसलाई पनि ल्याईन्छ पूर्ण सुरक्षाको साथमा ल्याइन्छ अनि कसैलाई पनि सिम्टम्स छ भने सोझै सरकारी आइसोलेशन अर्थात कोविड अस्पतालमा पठाइने छ। अरूलाई भने स्वाभाविक कोरिन्टिनमा राखिने हुनाले यसमा कुनै खतरा हुँदैन।
यसैगरि उनले नयाँ दिल्ली डीकेके भवनमा रहेका सिक्किमे बिरामीहरू मध्ये 4 जनालाई कोविड 19 पोजेटिभ भएको कुरालाई पनि सम्बोधन गरे। उनले भने डीकेके भवनमा जो जति पोजेटिभ पाइएका छ उनीहरू सुरक्षित हुनुहुन्छ, उनीहरूलाई रेसिडेन्सियल कमिसनरले उनको दलले हेर्दैछन्। सबै त्यहाँ भएकाहरूलाई दिल्ली रेड जोन भएको हुनाले पनि संक्रमित भयो होला तर डीकेकेमा भएकाहरूलाई पनि टेस्ट गरिन्दैछ अनि होम क्वारिन्टिनमा राखिएको छ। यसबारेमा हामीले दिल्ली सरकार र केन्द्र सरकारसित बात गर्न सधैं तयार रहेका छौं सिक्किम सरकार पनि सधैं उनीहरूको साथमा छ। उनले सबैलाई धर्यता राख्ने अनि नआत्तिने अपिल गर्दै दिल्लीमा भएकाहरू पनि अहिले आआफ्नो ठाउँमा आइसोलेट भएर बसिदिनु होला भन्दै सिक्किम सरकार हिज आज र भोलि पनि तपाईहरूको साथमा हुनेछ भनि बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!