Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिङताम अग्निकाण्डको निरिक्षणमा पुगे मुख्यमन्त्री


अब सिक्किमको बजारमा रहेको कच्चा घरलाई सरकारले पक्का बनाइदिनेछः मुख्यमन्त्री तामाङ

Insert your Ads code here

सिङताम, 17 जुन। पूर्व सिक्किमको सिङताम बजारमा भएको अग्नीकाण्डको निरिक्षण गर्न राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ, भू राजस्व तथा आपदा प्रबन्धन मन्त्री केएन लेप्चा, शहरी विकास तथा आवास मन्त्री अरूण उप्रेती एंव क्षेत्र विधायक तथा स्वास्थ्य मन्त्री डा. एमके शर्मा समेत अन्य मन्त्रीगण विभागीय अधिकारीहरूले आज सिङताम बजारको लालबजार पुगेर पिडीत परिवारसित प्रत्यक्ष कुराकानी गरे। मुख्यमन्त्री तामाङले घटनाले नोक्सानी भएकाहरूलाई राहत वितरण गरेको बताए। मुख्यमन्त्रीले निरिक्षण पछि पत्रकारहरूसित कुराकानी गर्दै सरकारी कानुन मुताबिक मुख्यन्त्री राहत कोष र जिल्लापाल कोषबाट राहत प्रदान गरेको बताए। अर्कोतिर आगो निभाउन अग्नी शमन विभाग ढिलो आइपुगेको विषयमा स्पष्टिकरण दिँदै उनले बजारमा पस्न समस्या भएको कारण त्यस्तो भएको बताए। अर्कोतिर उनले राज्यभरि सबैठाउँमा रहेको अग्नीशमन केन्द्रलाई अपग्रेड गर्ने बताए। यसैगरि आर्थिक रूपमा समस्या भएर बजारमा साइट भएर पनि बनाउन नसकेपछि अझैसम्म कच्चा घर नै रहेकोलाई पक्का घर बनाउने बताए। शुरुमा एकतला बनाइदिने अनि पछि नियम मुताबिक पाँच तलासम्म घर बनाइ दिने जानाकरी दिए। सारा सिक्किममा 5 सय भन्दा धेरै कच्चा घरहरू रहेको अनि त्यसलाई चरणबद्ध रूपमा घर बनाइदिने बताए। उल्लेखनीय छ हिजो राति स्व۔ कर्मा भोटिया अनि स्व۔ हजारे साइलीको घर जलेर सखाप भएको छ भने मुन्ना प्रसादको घरलाई पनि आंशिकरुपमा क्षति पुराएको छ। हिज लगभग 9.35 बजी राती भएको यस आगजनीमा कसैको ज्यानमालको क्षति नपुगे तापनि सर-सामानहरु भने सबै जलेर खरानी भएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!