Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिङताम चियाबारीका वासिन्दामा आवश्यक सामग्री वितरण


दार्जीलिङ, 13 अप्रेल। अहिले कोभिड 19 को कारण लक डाउनको प्रभावले समग्र विश्व नै ग्रस्त छ भने यसै भयावह स्थितिमा लक डाउनको यस विकट अवस्थालाई मध्यनजर राख्दै दार्जीलिङका सेवा अनि सम्मान संस्था वरदान सम्मान समूह साथै स्थानीय पत्रकारहरूको विशेष जमर्कोमा गत 12 मार्चको दिन कोभिड् 19 गोराबारी संरक्षण समितिका प्रतिनिधिवर्गसित बातचीत भएपछि उक्त दिन लामो समयदेखि बन्द रहेको सिङताम चियाबारीका वासिन्दाको निम्ति राहत सामग्री प्रदान गरेका थिए। यसै राहत सामग्री वरदान समूह अनि पत्रकारहरूको प्रयासमा दार्जीलिङ बजारमा ल्याइपुर्यातएपछि दार्जीलिङका स्थानीय च्यानलको थप सहयोगमा चर्चित रेस्तुराँ कालिका, कलेजभेली निवासी कलाकार चम्पा राई, आपकी पसन्द, रोहण मेडिकल अनि रेणुका तामाङको पक्षबाट प्रदान गरिएको राहत सामग्रीहरू संग्रह गरेपछि आज वरदान समूहका सदस्यलगायत पत्रकारहरूको विशेष उपस्थितिमा सिंगताम चियाबारी क्षेत्रका लगभग 60 घरलाई आवश्यक सामग्री वितरण गरियो।
उक्त कार्यक्रममा दार्जीलिङबाट वरदान समूहको पक्षमा सुमित्रा अविरल, सबिता गोर्खा अनि पत्रकारको पक्षमा देवराज छेत्री, जफर अकिल, अनिल बीके, फरिद शाह, विवश छेत्री अनि मानव मुक्ति ट्रष्टबाट मिलन बराईलीको उपस्थिति रहेको थियो भने सिंगताम चियाबारी क्षेत्रका मोठ 10 वटा गाउँहरू क्रमैले धनमान धुरा, गोपाल धुरा, छतीवन धुरा, गोदामटार धुरा, महत धुरा, मोटा धुरा, सईस धुरा, रघुवीर धुरा, बगैचा धुरा, जोररूख धुरा यी दशैं गाउँको पक्षमा संयुक्त संरक्षण समितिका प्रतिनिधिवर्गको विशेष उपस्थितिमा सामग्री वितरण कार्यक्रम गरियो। उक्त कार्यक्रममा गाउँको पक्षमा सामग्रीहरू वितरण गर्दा अत्यन्त अनुशासित रूपमा सामाजिक दुरूत्वलाई विशेष ध्यान दिएर गरिएको थियो।
गाउँको पक्षमा उपस्थित शिक्षक पुष्प राई अनि समरीश गुरूङ साथै अन्य प्रतिनिधिवर्गले गाउँको पक्षमा सबैलाई धन्यवाद दिएका थिए भने वरदान समूह अनि पत्रकारहरूको पक्षमा सबिता संकल्पले सिंगताम चियाबारी निवासी सम्पूर्ण ग्रामको पक्षमा बनाएको संयुक्त समितिका प्रतिनिधिवर्गलाई आभार प्रकट गरे। यसको साथै यसरी समूह अनि पत्रकारहरूको पक्षमा सेवा गर्न पाएवापत् विशेषगरि नकद राशी दिएर सहयोग पुर्यारउने कालिका रेस्तुरेण्टका विरेन बम्जन, गोराबारीका चित्रे बजार, नव युवक संघ, चम्पा राई, प्रभात राई, रेणुका तामाङ, रोहण मेडिकल अनि आपकी पसन्दका सदस्यहरूलाई हार्दिक धन्यवाद दिए भने विशेषगरि यस सेवाकार्यको निम्ति राहत सामग्री सिङताम चियाबारीसम्म आइपुग्नमा विशेष सहयोग गर्ने सिंगताम चालाक संगठनका सुमन तामाङ साथसाथै सम्पूर्ण पत्रकारहरूलाई पनि हातेमालो गर्दै कार्यक्रम सफल तुल्याइदिएकोमा आभार प्रकट गरे।
सिङताम चियाबारीमा सामग्री वितरण गरेपछि उक्त टोलीले हिमाली गाउँका केही सदस्यलाई पनि आवश्यक सामग्री वितरण गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!