Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिधा उडानका लागि अनुरोध गर्दै सरकार


हवाई सम्झौता सम्पन्न पछि सिधा उडानका लागि कुनै पनि एयरलाइन्स तयार नदेखिएपछि सरकारले एयरलाइन्ससँगै वार्ता गर्ने तयारी गरिरहेको छ। भ्रमण वर्षकै मनाइरहेको सरकारले यहीबीचमा यो रुटमा सिधा उडान गराउने प्रयास गरिरहेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय आफैले अष्ट्रेलियन एयरलाइन्सहरुलाई यसका लागि तयार पार्न खोजिरहेको हो। विमानस्थल आफैले पनि हवाई सम्झौता भएका देशमा गएर एयरलाइन्सहरुबीचमा आफ्नो मार्केटिङ गर्नुपर्ने भएपनि मन्त्रालय आफै लागिपरेको हो।

अष्ट्रेलिया भ्रमणममा रहेका मन्त्री योगेश भट्टराईले यसबारेमा छलफलको प्रयास गर्ने छन्।

Insert your Ads code here

हवाई सम्झौता भएको सन्दर्भमा सिधा उडान गर्न सम्भव भएमा पर्यटकको संख्यामा बृद्धि हुने मन्त्रालयको विश्वास छ।

यसका लागि सरकारले अष्ट्रेलियाको भर्जिन एटलान्टिक एयरलाइन्ससँग छलफल गर्ने छ। उसलाई मनाउनका लागि विभिन्न सहुलियत तथा यो क्षेत्रमा उडानको दिगोपनका बारेमा आश्वस्त पार्नका लागि छलफल आवश्यक भएको मन्त्रालयका हवाई महाशाखा प्रमुख तथा सहसचिव शुरेश आचार्यको भनाइछ।

भैरहवा विमानस्थलबाट उडान गरेमा विभिन्न सहुलियत तथा सुविधा दिन सकिने नेपाल सरकारको घोषित नीतका बारेमा एयरलाइन्सका प्रतिनिधिलाई जानकारी गराउनु आवस्यक भएको उहाँको भनाइ छ।

सेतोपाटी अनलाइनका अनुसार गएको असोजमा नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको थियो। समझदारीअनुसार नेपालका एयरलाइन्सहरुले अष्ट्रेलियाको पर्थ, सिड्नी र ब्रिसबेनमा हप्ताको सात उडान गर्न पाउने छन्। अन्य विमानस्थलहरुमा भने असीमित उडान गर्नपाउने छन्।

त्यस्तै अष्ट्रेलियाका एयरलाइन्सहरुले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हप्ताको सात उडान गर्न पाउने छन्। पोखरा,भैरहवा लगायतका अन्य विमानस्थलहरुमा भने हप्तामा २८ उडान गर्नसक्ने छन्।

समझदारीअनुसार नेपाली एयरलाइन्सले अष्ट्रेलियाको मध्यवर्ती विन्दुलाई आधार मानेर न्युजिल्यान्डका दुई विन्दु उपयोग गर्नसक्ने छन् भने अष्ट्रेलियाका एयरलाइन्सले नेपाललाई मध्यवर्ती विन्दु उपयोग गरी भारतको नयाँ दिल्ली बाहेकका दक्षिण एसियाका २ विमानस्थलमा फिफ्थ फ्रिडम उपयोग गर्नसक्ने छन्।

उडानको भने कुनै तयारी भएको छैन।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!