Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिमेन्टको कच्चा पदार्थ क्लिंकर भारतबाट आयात गरिँदै


चुनढुंगा खानी सञ्चालन र ढुवानीमा सरकारी सहजीकरण नहुँदा सिमेन्टको कच्चा पदार्थ क्लिंकरमा आत्मनिर्भर बनिसकेको नेपालले फेरि आयात सुरु गर्नुपरेको छ। परनिर्भरतासँगै सिमेन्ट महँगो हुने भए पनि यसको असर लगानीकर्तादेखि उपभोक्तासम्मलाई पर्ने भएको छ । लकडाउन खुकुलो भएसँगै उद्योग सञ्चालनमा आएका छन् । मागअनुसार स्वदेशमै क्लिंकर उत्पादन नभएपछि व्यवसायीले भारतबाट आयात सुरु गरिसकेका छन् । आयातित क्लिंकरबाट उत्पादित सिमेन्टको मूल्यमा प्रतिबोरा एक सय रुपैयाँ वृद्धि भइसकेको छ । यसबाट लकडाउनका कारण आर्थिक रूपमा थलिएका सर्वसाधारण तथा निर्माण क्षेत्र थप मारमा परेका छन् ।

ठूला सिमन्ट उद्योगले पहाडमा खानी सञ्चालन गरी क्लिंकर उत्पादन गर्थे। विगतका वर्षमा कात्तिकदेखि वर्षा लाग्नुअगावै जेठसम्ममा आवश्यक परिमाणको चुनढुंगा उद्योग परिसरमा संकलित हुने गर्थ्यो। वर्षा सुरु भएपछि खानीसम्म जाने सडक पहिरोले अवरुद्ध हुने भएकाले खानी सञ्चालन र ढुवानी हुन सक्दैन। यो समस्या देखाउँदै उद्योगीहरूले लकडाउनका बेलासमेत ढुवानी प्रबन्ध मिलाइदिन अनुरोध गरे। सरकारले सुनेन । सुरक्षा प्रक्रिया अपनाएर खानी सञ्चालन र चुनढुंगाको ढुवानी गर्न व्यवसायीले बारम्बार माग गर्दा पनि सरकार र प्रशासनिक निकायबाट अनुमति पाएनन्।

कान्तिपुर अनलाइनका अनुसार अब वर्षा लागिसकेकाले खानीबाट उद्योगसम्म क्लिंकर ढुवानी गर्न झन् सम्भव छैन। यसकारण भारतबाट क्लिंकर आयात गर्नुपरेको उद्योगहरूको भनाइ छ।

नेपालमा मेचीदेखि महाकालीसम्मका सिमेन्ट उद्योगबाट क्लिंकरको उच्च माग छ । लकडाउन खुकुलो भएसँगै निर्माण क्षेत्रले तीव्रता लिएको छ । त्यसका लागि आवश्यक सिमेन्टको माग उच्च रहेको र नेपालबाट आयातका लागि माग बढ्न थालेपछि भारतीय क्लिंकर व्यवसायीले समेत मूल्य बढाएका छन् ।

Insert your Ads code here

सञ्चालनमा रहेका ६१ सिमेन्ट उद्योगमध्ये १४ वटाले ठूला उद्योग रोटरी प्रविधिबाट आफ्नै खानी सञ्चालन गरी क्लिंकर उत्पादन गर्छन् । यी उद्योगले आफू र अन्य उद्योगलाई समेत बिक्री गर्ने गरी क्लिंकर उत्पादन गर्दै आएका छन् । भीएसके प्रणाली (आफूलाई मात्र पुग्ने गरी सानो परिमाणमा क्लिंकर उत्पादन गर्ने) उद्योग सात र बाँकी ग्रान्डिङ प्रविधि (तयारी क्लिंकर पेल्ने)मा आधारित छन् ।

गत असोजदेखि नै भारतबाट हुने क्लिंकर आयात बन्द भई नेपाल आत्मनिर्भर बनिसकेको अर्घाखाँची सिमेन्ट उद्योगका महाप्रबन्धक उद्धव कार्कीको दाबी छ। अपवादका रूपमा कसैले सामान्य रूपमा क्लिंकर आयात गरेको भए पनि नेपाल आत्मनिर्भर बनिसकेको र लगभग सिमेन्ट नै विदेश निर्यातको तयारीमा रहेका बेला सरकारी स्तरबाट उपयुक्त निर्णय नगरिनुले क्लिंकरमै परनिर्भर हुनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो। एक वर्षको अवधिमा १५ अर्ब ७५ करोड रुपैयाँ मूल्य बराबरको आयातलाई नेपाली क्लिंकरले प्रतिस्थापन गरेको थियो।

कपिलवस्तुमा रहेका सिमेन्ट उद्योगलाई कृष्णनगर नाकाबाट क्लिंकरको आयात भइरहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!