मार्च १३ तारिख इटली दैनिक अखवार वेभसाइटको प्रमुखपृष्ठमा चाइना मिडिया ग्रुप अर्थात सीएमजीका महानिर्देशकले दैनिक अखवारलाई लेख्नु भएको लेख प्रकाशित भएको छ। सो लेख महामारी विरूद्धमा हातेमालो गरौँ शीर्षकमा प्रकाशित भएको हो।
लेखले सीएमजीका महानिर्देशक शन हाइ स्युङले दैनिक अखवार ग्रुपका अध्यक्ष पाओलो बेर्लुस्कोनीलाई सन्देश पठाएर महामारी विरूद्धमा हातोमालो गरौँ भन्ने बताउनुभएको लेखेको छ।
शन हाइ स्युङले चीनले महामारी विरूद्धबाट प्रभाव पारेको कारणबारे चर्चा गर्दै महामारी भएपछि राष्ट्राध्यक्ष सी चिनफिङले निर्देशन र व्यवस्था गर्नुभई चीन सरकारले सबभन्दा चौतर्फी तथा कडा नियन्त्रण कदम चालेर हाल नियन्त्रण अवस्था राम्रो हुँदैजाने र जीवन तथा उत्पादनको व्यवस्थित रूपमा पुनःसुरू हुने प्रवृत्ति देखिएको जानकारी दिनुभएको लेखमा उल्लेख छ।
Insert your Ads code here
शन हाइ स्युङले इटलीको महामारी स्थितिमा निकै ध्यान दिनुका साथै महामारीपछि इटली सरकारले अनेकौँ तीब्र र शक्तिशाली नियन्त्रण कदम चालेको विचार पनि लेखको अन्तमा बताइएको छ।
यस्तो कठिन अवसरमा सीएमजीले सबैको साथमा उभिएर सक्दो सहयोग गरी संयुक्त रूपमा महामारी विरूद्ध गर्ने इच्छा लिएको र महामारीले हामीलाई सिकाइएको सबभन्दा मूल्यवान पाठ पनि सबै मिलेर काम गर्नुपर्छ भन्ने कुरा लेखमा प्रकट गरिएको छ।