Loading... आजः शनिबार , श्रावण १२, २०८१

सीपी मैनाली चढेको गाडी दुर्घटना उनी लगायत पाँच जना घाइते


पूर्वउपप्रधानमन्त्री तथा नेकपा (माले) महासचिव सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा महासचिव मैनाली सख्त घाइते भएका छन् । उनी लगायत उनका छोरा, बुहारी, नाती र चालक गरी पाँच जना घाइते भएका छन् । मैनालीको टाउकोमा गहिरो चोट लागेको छ भने दाहिने खुट्टा भाँचिएको छ ।

बीपी राजमार्गस्थित महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा दुर्घटना भएको हो । झापाबाट काठमाडौंतर्फ जाँदै गरेको मैनाली परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुंगाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् ।

उनीहरुको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा थप उपचार हुने बताइएको छ ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!