Loading... आजः शनिबार , श्रावण १२, २०८१

सीमापारी अलपत्र परेकालाई स्थानीय नेता प्रशासन र सुरक्षा निकायको पहलबाट उद्धार


काेराेना महामारीसँगसँगै भारतको प्रवासबाट अाफ्नाे मातृभूमि फर्किएका नेपालीलाई नेपालकाे सीमाभित्र प्रवेश गर्न सरकारले नदिंदा र देशको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाेखरेलले भावनामा निर्णय नगरिने अभिब्यक्ति सार्वजनिक गरिरहँदा भारतीय दशगजामा चार दिनदेखि अातंकित र असुरक्षित महसुस गरिरहेका नेपालीले स्थानीय प्रशासन र सुरक्षा निकायको पहल र सहयोगमा राहतको श्वास फेर्न पाएका छन्।

भारतबाट अाफ्नाे मातृभूमि फर्किएका नेपालीको कठिन अवस्था सामाजिक सञ्जालमा छताछुल्ल भएपछि जनस्तरबाट नेपाली भूमि प्रवेश गर्न नपाएर दशगजा नजिकै भारतीय भूमिमा छट्पटाइरहेका १८१ जना नेपालीको अावाज स्थानीय प्रशासन र सुरक्षा निकायले सुनेर नेपालपट्टी दशगजामा अाश्रयकाे ब्यवस्था गरेको छ। चीन सरकारले नेपाललाई सहयोग स्वरूप उपलब्ध गराएका टेण्ट सदुपयोग गर्दै अस्थायी क्वारेन्टाइन स्थापना गरिएको छ। अाजदेखि अाफ्नाे मातृभूमि फर्किएका १८१ जना नेपाली विदेशी भूमिमा छट्पटाइरहेकाे चित्कार सुन्नुपर्ने छैन।

Insert your Ads code here

देशका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाेखरेलकाे जनविरोधी अभिब्यक्तिका माँझ स्थानीय नेता प्रशासन र सुरक्षा निकायको पहलबाट उद्धार गरिएको हो। यस कार्यलाई जनताले अत्यन्तै महत्त्वका साथ हेर्नुका साथै यो असल कामकाे सह्राहना गरेका छन्।

यसैबीच प्रदेश सांसद अाईपी खरेलले अाफ्नाे फेसबुक पेजमा लेखेका छन्: “सलाम गर्छु म ती नेपाली दाजुभाइ दिदिबहिनीलाई। मेरो सुरुदेखिको अडान सहि प्रमाणित भो। भारतमा जान सरकारले दिएको हो। जान नदिएको भए नेपालिहरु जादैन थिए। अहिले उनिहरु नेपाल आएका छन त्यस कारण नेपालमै बस्न पाउनुपर्छ भनेको थिए आखिर आज त्यही गर्नु पर्यो। मेरो आन्तरिक संघर्षको कुरा बहिनी सबितालाइ जानकारी थिएन है फेरि!”

सिमामा देखिएको निकै भावुक बनाउने दृश्यले कसको मन नदुख्ला र? कारुणिक दृश्य भोकै र उपचार नपाएर भए पनि नेपालमै मर्न तयार रहेको बताइरहेका नेपालीकाे भारत नजाने जिद्दीले देशप्रतिकाे अगाध प्रेम छरपस्ट भइरहेको थियो। सीमामा अलपत्र परेका नेपालीलाई अन्तिम निर्णय गर्न ५ मिनेटको समय दिदै एकजना प्रशासकले सोधे: सुबिधा सम्पन्न भारतीय क्वारेन्टाइनमा बस्नुहुन्छ कि टेन्ट मात्रै टाँगेर नेपाली सेनाले बनाएको अस्थायी क्वारेन्टाइनमा?” ४ दिन देखि २ वटा आपको बोटको छहारी मुनि दिन रात बिताएका यी १८१ नेपालीले एउटै स्वरमा भने: “बरु भोकै मर्छौ, तर आफ्नै भुमीमा मर्छौ।” अनि प्रशासनले उनीहरुलाई दशगजाको बन्दरगाह क्षेत्रमा बनाईएको क्वारेन्टाइनमा सार्याे। अब उनीहरुले सुत्नका लागि म्याट र घाम पानी छेक्ने छाना पनि पाएका छन्। यी नेपालीहरुले यतिबेला सरकारलाई धेरै धेरै धन्यवाद दिएका छन्।

भारतमा मजदुरी गरेका र फर्काइएर नेपाल भारत सिमानामा छाडिएका नेपाली हिजो अस्ति खुला अाकासमा रहन बाध्यहरु अाज जमुनाहामा नयाँ निर्मित क्वारेन्टाइन स्थलमा बस्ने अवसर पाएका छन्। स्थानीय प्रशासन सुरक्षा निकाय र नेताहरूकाे यो निकै राम्रो कार्य ह‍ो। यहीकाम ५०-६० घण्टा अघि तयार भएको भए १८० जनाले अलि कम दुख पाउथे र जनतामा सरकारप्रतिकाे अाक्राेश पनि कम हुन्थ्यो। धन्न म‍ौसम अनुकुल रह्यो र कुनै अप्रिय घटना भएन। प्रशासन, उपमहानगर र प्रवुद्ध वर्गको प्रयास निकै स्वागतयोग्य छ। अाउँदा दिनमा अझै अप्ठ्यारो परिस्थिति अाउनसक्छ छ। अौषधि उपचार र खानेकुरामा सहकार्य नगरी हुदैन। अाज जसरी सबै पक्ष हातेमालो गरेर निरन्तर अगाडि बढ्नेे हो भने जनता र देशका लागि महत्त्वपूर्ण गुन लगाउन सकिनेछ।


यसैगरी, प्रदेश सांसद कृष्णा केसीले खुशी ब्यक्त गर्दै सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गर्दै अाफ्नाे फेसबुकमा लेखेकी छन्: “बांकेकाे रुपैहिडिया नाकामा चार दिन देखि राेकिएका हाम्रा नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाइ ब्यवस्थापन गरिएकोमा मनले शान्ती पाएकाे छ। सुखद अनुभुति भएकाे छ धन्यवाद छ। प्रमुख जिल्ला अधिकारी लगायत नेपाली सेना, नेपाल प्रहरी, एपीएफ प्रहरी सबै सुरक्षा निकाएका सम्पूर्ण टिम,र स्थानीय सरकार र सुसूचित गराउनु हुने प्रत्रकार मित्रहरूलाइ।” यस्तै, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले अाफ्नाे फेसबुक पेजमार्फत स्थानीय प्रशासन र सुरक्षा निकायलाई धन्यवाद दिएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!