Loading... आजः शनिबार , श्रावण १२, २०८१

सीमामा सुरक्षा बल थप गर्दै नेपाल


नेपाल सरकारले भारत र चीन दुवैतिर सीमा सुरक्षा बढाउँदै लगेको छ। सीमामा सुरक्षा कमजोर भएको आवाज उठिरहेका बेला गृह मन्त्रालयले चालु वर्ष बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) २ सय २२ वटा पुर्‍याउने भएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ।

दक्षिणी सीमामा ८६ वटा बीओपी थिए तर उत्तरमा एउटा पनि थिएन। दक्षिणतर्फ २०७५/७६ मा २१ वटा बीओपी थप तथा स्तरोन्नति गरियो। एक सय १४ वटा थप गर्ने निर्णयअनुसार दक्षिणमा २१ र उत्तरमा ४ गरी २५ वटा बीओपी स्थापना गरिएको हो। दक्षिणमा १ सय २८ र उत्तरमा ४ गरी १ सय ३२ बीओपी राखिएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताउनुभयो।

कैलालीको कुसुमघाटमा थपिएको एक गरी बीओपी संख्या १ सय ३३ पुगेको छ। वैशाख ३१ यता उत्तरी र दक्षिणी सीमामा ११ वटा सशस्त्र प्रहरी बलको बोर्डर अब्जरभेसन पोस्ट थपिएका हुन्। जेठमा मात्रै ९ वटा थप गरिएको मन्त्रालयले जनाएको छ।

Insert your Ads code here

मन्त्रालयका अनुसार वैशाख ३१ मा दार्चुलाको व्यास क्षेत्रस्थित कालापानीनजिक व्यास गाउँपालिका–१ छाङरुमा बीओपी स्थापना गरियो। त्यो सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको पहिलो सीमा सुरक्षा पोस्ट हो। जेठमा सुदूरपश्चिमकै ८ स्थानमा बीओपी राखिएको मन्त्रालयले जनाएको छ। डडेलधुराको परशुराम–३ सिमशीर्ष, परशुराम–५ परीगाउँ, बैतडीको दशरथचन्द–८ झुलाघाट, कैलालीका खोनपुर, भजनी, हिक्मतपुरमा बीओपी राखिएको छ। त्यस्तै, कैलालीका धनगढी–१० जुगेडा, वडा नम्बर ९ बगराकटान, टीकापुर नगरपालिका–८ श्रीलंका टापुमा जेठमै सीमा सुरक्षा पोस्ट स्थापना गरिएको छ।

चीनसँगको सीमामा पनि बीओपी स्थापना गर्न थालिएको छ। नेपाल–चीन करिब १५ सय मिटर सीमा क्षेत्रअन्तर्गतको मुस्ताङको लोमान्थाङमा जेठ १५ मा बीओपी राखिएको हो। त्यसपछि हुम्लाको हिल्सा, संखुवासभाको किमाथांकामा बीओपी खडा गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोसी र रसुवाको गोसाइँकुण्डमा स्थापना गर्ने तयारी छ। ताप्लेजुङको कञ्चनजंघामा भने स्थापना गर्न बाँकी छ।

मन्त्रालयले दक्षिणी सीमामा भारतकै बराबर बनाउने तयारी साथ बीओपी थप गरिरहेको छ। यस क्रममा २ सय २१ पुर्‍याउने प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ भने ५ सय पुर्‍याउने तयारी छ।

गृहका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले २ सय २१ बीओपी स्थापना गर्ने निर्णय भई काम अघि बढेको बताउनुभयो। ‘१०७ वटा थिए, गत मंसिरमै थप १ सय १४ वटा बनाउने निर्णय गरेको हौँ’उहाँले भन्नुभयो, ‘अर्को आर्थिक वर्ष २ सय २१ वटा पुर्‍याउने काम अघि बढिरहेको छ।’ उहाँले हाल १ सय ३३ वटा स्थापना भइसकेको जानकारी दिनुभयो।

दक्षिणतर्फ ८८ र उत्तरतर्फ १ गरी ८९ बीओपी राख्न बाँकी छ। २०७६/७७ सम्ममा यी बीओपी स्थापना भइसक्ने मन्त्रालयले जनाएको छ। कतिपय स्थानमा जग्गा उपलब्ध भइहेको छ। भाडा लिएर राख्ने तयारी पनि भइरहेको छ। हाल ५ हजार संख्या रहेकोमा मन्त्रालयले सीमामा १५ देखि २० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ। त्यस्तै, सरदर १५ देखि १७ किलोमिटर दूरीमा रहेको बीओपी पछि ३.५ किलोमिटरको दूरीमा राखिनेछ।

लिम्पियाधुराबाहेक भारतसँग सिमानामा १ हजार ८ सय ८० किलोमिटर दूरीमा भारतको एसएसबीअन्तर्गतका ५ सय ३० बीओपी छन्। नेपालले त्यहीबराबर बीओपी स्थापनाको तयारी गरेको छ। २ सय ५० बीओपीमा ५० जनाका दरले र बाँकीमा २५ जना दरले २० हजार बराबरको फौज सीमा तैनाथ गर्ने तयारी छ। भारतले नेपाल र भुटानमा गरी सीमामा ९३ हजार जनशक्ति परिचालन गरेको छ। नेपालतर्फ ५ सय ३० र भुटानको सीमामा २ सय बीओपी छन्।

भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रनजिक टिंकर भञ्ज्याङ र कौवामा पनि छिट्टै बीओपी राख्ने तयारी रहेको गृह मन्त्रालयले जनाएको छ। भारतले अतिक्रमण गरेको गुन्जीको वारितिर कौवाको समथर भूमि छ। छारुङमा परिचालित सशस्त्रले टिंकरस्थित एक नम्बर सीमास्तम्भ भएको स्थानमा सुरक्षा गस्ती गरिरहेको छ। पहिलो लाइनमा सशस्त्र राखे पनि ब्याक फोर्समा नेपाली सेनालाई परिचालन गर्नुपर्ने आवाज उठिरहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!