सीमा अतिक्रमण विरुद्ध प्रदर्शनको तयारीमा रहेका पूर्व राज्यमन्त्री कुन्ती शाहीसहित राप्रपाका १५ नेता/कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनको तयारी गरिरहेको बेला उनीहरूलाई प्रदर्शनीमार्गबाट पक्राउ गरिएको हो।
लकडाउनको उल्लंघन गर्दै प्रदर्शन गर्ने तयारी गरेकोले पक्राउ गरेर भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको राप्रपा युवा नेता सन्ताेषी शाही ठकुरीले बताएकी छन्।
पक्राउ पर्नेमा सन्ताषी शाही ठकुरी, सरस्वती लामा, प्रकाश रिमाल, महेश सिंह, मणि सिंखडा, कैलास कटुवाल, शशी भण्डारी, निराजन बम, जगदिश राजभण्डारी, जनक फडेरा, हिक्मत कार्की, गुणराज राजभण्डारी, अभिषेक अधिकारी र विशाल राउत पक्राउ परेका छन्।
डाँफे टिभी डटकमसँग कुरा गर्दै युवा नेता सन्तोषी शाही ठकुरीले भनिन: “लिम्पियाधुरा लिपुलेक हाम्रो हो भन्दै भारतीय दूतावास अगाडी बिरोध प्रदर्शन गर्ने राप्रपा सम्बद्ध युवा सङ्गठन राप्रयुसंका राष्ट्रवादी युवाहरु माथी प्रहरी ज्यादती र धरपकड्को घोर भत्र्सना गर्दै ससम्मान रिहाइको जोडदार माग गर्दछु।”