Loading... आजः शनिबार , श्रावण १२, २०८१

सीमा क्षेत्रमा खटिएका सशस्त्रका हवल्दार घाइते


जिल्लाका सीमा क्षेत्रमा भारतीयको आक्रमण बढ्न थालेको छ। नेपाली भूमिमा लगाएको खेति थन्काउने बाहानामा झुण्ड झुण्डमा आएका भारतीयहरुले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गर्दै आएका छन्।

नेपाली भूमिमा प्रवेश गर्न खोजेपछि शुक्रबार मध्यान्ह्मा सशस्त्र प्रहरीका हवल्दार शंकर चौधरीमाथि भारतीयले आक्रमण गरेका छन्। कचनकवल गाउँपालिका घेराबारी नजिकैको १२२ नम्बर पिल्लर छेउको अस्थायी पोष्टमा बसेका प्रहरी हवल्दारमाथि भारतीयले आक्रमण गरेका हुन्।

सीमा क्षेत्रको नेपाली भूमिमा घाँस काट्ने बाहानामा छिर्न खोजेका भारतीयलाई सशस्त्रको टोलीले रोक्न खोज्दा सुरुमा मुखमुखै लागे। त्यसपछि तत्कालै ३०, ४० जनाको झुण्ड आएर आक्रमण प्रयास गरेको गाउँपालिका प्रमुख अञ्जार आलमले जानकारी दिए।

Insert your Ads code here

‘सशस्त्रका हवल्दारलाई गालामाथि कञ्चटमा प्रहार गरेका छन्।’ आलमले भने, ‘यो किसिमको आक्रमण देशमा लकडाउन सुरु भएपछि नै गाउँपालिकाको विभिन्न सीमा क्षेत्रमा ३ पटक भयो।’ सीमामा आएर खेती थन्क्याउन पाइन्छ कि भनेर सीमा प्रहरीलाई अनुरोध गर्ने र आउन नदिएपछि गालिगलौज र हातपातमैसमेत उत्रिले गरेको आलमको भनाइ छ।

गाउँपालिको टोली, सुरक्षाकर्मी र नजिकैका स्थानीय गएर गरेको छलफल गरेपछि उनीहरु फर्केको आलमले जानकारी दिएकाे अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!