Loading... आजः शनिबार , श्रावण १२, २०८१

सीमा क्षेत्रमा निर्मित भवन चिनियाँ भूभागमै बनेको नेपालका परराष्ट्रमन्त्रीको भनाइ


नेपाल सरकारले हुम्लास्थित नेपाल-चीन सीमा क्षेत्रमा बनेको भवन चिनियाँ भूभागमै बनेको जनाएको छ। सरकारका प्रवक्तासमेत रहनु भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित नियमित पत्रकार भेटघाटमा नेपाल चीनबीच सीमा समस्या नरहेको बताउनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।
२०७३ सालमा बनेको अन्तर मन्त्रालय टोलीले सो भवन चिनियाँ भूभागमै बनेको भनेर प्रतिवेदन दिएको उहाँले जानकारी दिनुभयो। ‘२०७३ सालमा पनि यस्तै समाचारहरु आएपछि त्यस बेलाको सरकारले अन्तर मन्त्रालय टोली निर्माण गरेर अध्ययन गराएको थियो। त्यसले ती भवनहरु चीन क्षेत्रमा एक किलोमिटर भित्र बनेको प्रतिवेदन दिएको थियो’ ज्ञवालीले भन्नुभयो, ‘यस्तो संवदेनशील विषयमा समाचार प्रकाशित गर्नुअघि त्यस सम्बन्धित विभागहरुमा बुझ्न आग्रह गर्दछु। नेपाल र चीनबीच सीमा विवाद छैन।’

ज्ञवालीले त्यस समयमा गृह, परराष्ट्र र भूमी व्यवस्था मन्त्रालयको टोली निर्माण भएको बताउनुभयो। उहाँले अहिले हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोली स्थलगत भ्रमणमा रहेको र सो टोलीले कुनै नयाँ कुरा ल्याए त्यस विषयमा जानकारी गराउने बताउनुभयो।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!