Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

सीमा वार्ताका लागि भारतलाई तीन पटक पत्राचार गर्दा पनि बेवास्ता गरेको परराष्ट्रमन्त्रीको भनाइ


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकमा पछिल्लो समय भारतसँग देखिएको सीमा विवादबारे छलफल भइरहेको छ।

बैठकमा बोल्दै स्थायी समिति सदस्यसमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले वार्ताका लागि भारतलाई तीन पटक पत्र पठाउँदा पनि चासो नदिएको बताउनुभयो।

‘उहाँले गत नोभेम्बर, डिसेम्बर र जनवरी तीन पटक पत्र पठाउँदा पनि भारतले चासो दिएन। अहिले पनि हामी वार्ताका लागि पहल गरिरहेका छौं भन्नुभयो,’ बैठकमा सहभागी स्थायी समिति सदस्य पर्यटन मन्त्री योगेश भट्टराईले भन्नुभयो,’बैठकमा उहाँले चीनले सीमा मिचेको भनेर पछिल्लो समय मिडियामा आएका समाचार फर्जी कागज बनाएर आएको बताउनुभयो।’

Insert your Ads code here

यसअघि बिहीबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले चीनले सीमा नमिचेको र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सीमा मिचिएको बारे कुनै प्रतिवेदन नै नबनाएको बताएको थियो।

बैठकमा बोल्ने सबैले लिम्पियाधुरासम्म भू-भाग समेटेर नक्सा जारी गर्नु राम्रो काम भएको भन्दै समस्या समाधानका लागि अब कूटनीति पहल पनि बढाउनु पर्ने बताएको सेतोपाटी अनलाइनमा खबर छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!