Loading... आजः शनिबार , श्रावण १२, २०८१

सीमा समस्या समाधानलगायत विषयमा भारतसँग छिट्टै वार्ता हुने नेपालका परराष्ट्रमन्त्रीको भनाइ


नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताउनु भएको छ। शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रीस्तरमा भारतसँग चारपटक फोन संवाद भएको जानकारी दिनु भएको नेपाल समाज अनलाइनले लेखेको छ।

खोसिएको भूभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि थप ऊर्जा थपिएको बताउँदै उहाँले भन्नुभयो, “निश्चित प्रयोजनका लागि वर्षौँ पहिले बसेका भारतीय सेना अब हट्नुपर्छ। उसले नेपाललाई आफ्नो भूभाग उपयोग गर्न दिनुपर्छ।”ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताका केही विषयमा अमेरिकी सरकार स्पष्ट भएर अनुमोदन हुने बताउनुभयो।

नेता ज्ञवालीका अनुसार सो विषयमा सच्याउनुपर्ने भएमा आवश्यक बुँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ। उहाँले पार्टी स्थायी कमिटीमा एमसिसीका कुनकुन बुँदा सच्याउने भन्ने कुरा नउठेकोसमेत स्पष्ट पार्नुभयो। उहाँले पार्टीभित्र अझै पनि अन्तरविरोध रहेको र त्यसको समाधान आगामी चैतमा हुने महाधिवेशनबाट समाधान हुने विश्वास व्यक्त गर्नुभयो।

Insert your Ads code here

मन्त्री ज्ञवालीले स्वास्थ्य सङ्कटमा परेका जनतालाइ राहत पुर्‍याउन सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्दै सरकारले स्वास्थ्यका उपकरण थप्ने, संरचना निर्माण गरेर स्वास्थ्य क्षेत्रमा सुविधा बृद्धि गर्ने जस्ता कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।

मन्त्री ज्ञवालीले आफूले केही दिन पहिले एशिया क्षेत्रका अर्थमन्त्रीको जुम बैठकमा सहभागिता जनाउँदा एशियाली विकास बैंकले पनि नेपालको अर्थतन्त्रलाई राम्रो सङ्केत नगरेको जनाउँदै स्वास्थ्य सतर्कता अपनाउँदै अर्थतन्त्रका गतिविधि खुला गर्न खोजिएको बताउनुभयो। उहाँले नेपाल विद्युत् प्राधिकरणमा नियुक्तिका विषयमा सरकारले उपयुक्त निर्णय गर्ने बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!