Loading... आजः शनिबार , श्रावण १२, २०८१

सी चिनफिङद्बारा मा काङ्ग गुटलाई प्रेरणा


आन्ह्वैको निरीक्षण र सर्वेक्षणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले अगष्ट १९ तारिख बिहान चीनको पाउ ऊ मा काङ गुट मातहतका कारखाना पुगेर उच्च तापक्रमको बावजुद उत्पादन र संचालन अवस्थाको निरीक्षण गर्नुभएको छ। त्यस क्रममा उहाँले श्रमिक उदाहरण र मजदुर प्रतिनिधिसँग पनि आदान-प्रदान गर्नुभएको थियो।

सीका अनुसार, नयाँ कोरोना महामारी भोगिरहेको अवधिमा सामाजिक अर्थतन्त्रलाई असर पारिएको छ। तैपनि मा काङ गुटले अपेक्षाकृत छिटोगरी उत्पादन र सञ्चालनको पुन:आरम्भ गर्दै उत्पादन मात्रा र आम्दानी दुवै नै गत वर्षको तुलनामा वृद्धि भएको लक्ष्यलाई साकार तुल्याएको छ। त्यसबाट सरकारद्बारा सञ्चालित व्यवसायको सशक्त जिवन्त शक्ति पनि स्पष्टसँग देखिएको छ।

Insert your Ads code here

महासचिव सीले आधुनिक व्यवसायको सुधार र विकासमा विशेषत: यांत्सी नदी र त्रीकोण महाद्बीपको एकरुपता विकास हुने क्रममा मा काङ गुटले सुअवसरलाई समातेर आफ्नो विशेषतायुक्त योगदान गर्दै जान प्रेरणा पनि दिनुभएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!