सुचिकृतका लागि सोनाहा जाती आन्दोलन गर्ने तयारीमा
बर्दिया/ राजापुर
लोपोन्मुख सोनाहाजाती आफुहरुलाई नेपाल सरकारले सूचिकरण नगरेकाे भन्दै अब आन्दोलन गर्ने बताएका छन्।
बर्दिया जिल्ला राजापुर नगरपालिका १ सोनपुर सोनाहा बस्तीमा आयोजित सोनाहा जातीको विकास प्रति सरकारको दायित्व सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्याय सर्वोच्च अदालत ले सुचिकरण गर्न नेपाल सरकारलाई निर्देशन गरीसकेकोले सोनाहा जातीको समस्या ,सुचिकृतका लागि र निती बनाउन सुदुर पश्चिम सरकारका प्रमुख र लुम्बिनी प्रदेश सरकारका प्रमुखलाई पनि यस बिषयमा जानकारी गराउने बताउँदै सोनाहा जातीलाई सुचिकृत गराउन आफु सधै सहयोग साथ दिने बताउनु भयो ।
सबिधान सभा सदस्य सुदुर पश्चिममा हरी श्रीपाईलीले सोनाहा जातीको वारेमा अब अनुसन्धान हुनु पर्ने बताउँदै, १० बर्षय जनयुद्ध कै बेला भएको उपलब्धी, कमैया मुक्ति भएको, हलिया मुक्ति भएको ,बादी मुक्ति भएको, देशमा रहेका वादी दलित थारु राउटे राजीहरुले अधिकार पाएको बताउदै, आज चौधरी मेयर उप मेयर वडा अध्यक्ष लाई नमस्कार गर्दछन् त्यस्तै दलितका मेयर उपमेयर वडा अध्यक्षहरु भएकै कारण आज ठूला बडा भन्नेहरुले नमस्कार सम्मान दिन्छन् यही नै हो देशमा आएको आमूल परिर्वतन, नेपाली काग्रेशको समाजवाद र माओवादीको १० बषर्य जनयुद्धकै कारण आज देशमा परिर्वतन आएको बताउनु भयो ।
सोनाहा जातीको अधिकार प्राप्तीका लागि सोनाहा जातीलाई सुचिकृत गराउन आफु सधै साथ दिने त्यसका लागि सोनाहा समुदाय तयार हुनु पर्ने,संचार क्षेत्रले पनी यस बिषयलाई जोरतोरका साथ आवाज उठाउनु पर्ने बताउनु भयो ।
राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरीले सोनाहा जातीलाई सुचिकृत गराउन लागी परेको बताउँदै सोनाहा जातीलाई सुचिकृत गराउन के आवश्यकता पर्छ त्यसको लागि सधै साथ दिने बताउनु भयो । नगर प्रमुख चौधरीले सोनाहा जातीको परम्परा देखी गर्दे आएको माछा मार्ने , सुनचाल्ने लगायतका कामलाई राजापुर नगरपालिका भित्र रहेका नदीहरुमा कसैले पनि रोक लगाउन नस्कने ,सोनाहा जातीले लक्ष्य र उद्देश्य प्राप्तीका लागी अगाडी बढ्न आग्रह गदै हामी हाम्रो आफ्नो अधिकार प्राप्ती गर्न सक्छौ भन्ने हिम्मतका साथ लाग्नु पर्ने बताउनु भयो ।
राजापुर नगरपालिका वडा नं १का अध्यक्ष खुसीराम चौधरीले अधिकार प्राप्तीका लागि ३ जिल्लामा रहेका सोनाहा जातीहरु एकढिक्का भई मिलेर लाग्नु पर्ने बताउँदै वडा नं १ मा रहेको सोनाहा जातीको उत्थान र विकासका लागि सोनाहा होमस्टे संचालन देखी अन्य क्रियाकलापहरुमा पनि सहयोग गदै आइरहेको बताउनु भयो ।
सोनाहा विकास समाजका पुर्व अध्यक्ष शान्ती सोनाहाले सोनाहा जातीलाई समाजमा चिनाउन पनि सुचिकृत हुन आवश्यक रहेको बताउदै सुचिकृत नहुँदा गाँस वास शिक्षा रोजगार स्वास्थ्य राजनितीक अधिकार प्राप्ती लगायत धेरै समस्या आइरहेकोले सोनाहा जातीलाई सुचिकृतका लागि आफुहरुले पहल गरीरहेको भएता पनि कतैबाट पनि सुनुवाई नभइरहेको बताउनु भयो ।
सुवास सोनाहाले सबिधानमा मौलिक अधिकारको दफा १७ मा लेखीएको वारेमा बताउँदै सरकारले आफ्नो पेशा स्वतन्त्ररुपले गर्न आउने लेखीएता पनि सोनाहा जाती, सोनाहा जातीलाई भेदभाव गर्ने गरेको हामीले आफ्नो पेश किन गर्न पाइरहेका छैनौ बताए ।
सोनाहा बिकास समाजका अध्यक्ष बल बहादुर सोनाहाले २०७२ साल मंसिर १६ गते सर्वोच्च अदालतले सोनाहा जातीलाई सुचिकृत गर्न प्रमादेश गरेको भएपनि नेपाल सरकारले सोनाहा जातीलाई सुचिकृत नगरेका कारण बाध्य भएर अब कातिकको पहिलो साता काठमाण्डौमा पुगी धर्ना लगायत आन्दोलनका कार्यक्रम गर्ने बताउनु भयाे ।