Loading... आजः बुधबार , फाल्गुन ७, २०८१

वडा अध्यक्ष आर्चायबाट सुरक्षा निकायलाई माक्स प्रदान


बर्दिया,राजापुर
राजापुर क्षेत्रमा रहेका सुरक्षा निकायलाई राजापुर नगरपालिका वडा नं ८का अध्यक्ष चिन्तामणी आर्चायले माक्स प्रदान गर्नु भएको छ ।

राजापुर नगरपालिका वडा नं ८ का मनकारी अध्यक्ष चिन्तामणि आचार्यले कोरोना संक्रमणकालीन समयमा 

दिनरात सेवामा कार्यरत ईलाका प्रहरी कार्यालय राजापुर र सशस्त्र प्रहरी बल राजापुरलाई आफ्नो व्यक्तिगत तर्फबाट ३/३ सय गरी ६ सय थान मास्क प्रदान गर्नुभएको हो । कोरोना भाइरस रोकथामका लागि सचेतना अभिबृद्धि गराउन वडाका मुख्य ठाँउहरुमा होडिङ्ग बोड राख्ने काम पनि गरी सक्नु भएको छ भने कोरोना भाइरसका संक्रमितहरुको घरघर मै पुगी पोषिलो खाने कुरा पनि वितरण गरी सक्नु भएका अध्यक्ष आर्चायले गत बर्षपनि आफ्नो वडामा कोरोना भाइरस रोकथामका लागि विभिन्न कार्यक्रमहरु गर्नु भएको थियो ।

Insert your Ads code here

उहाँले पत्रकारहरु संग कुरा गदै सबै भन्दा ठूलो भनेको जिउज्यानको सुरक्षा भएकोले मैले आफ्नो क्षमता अनुसार वडा भित्र रहेका नागरिकहरुलाई बचाउन सक्दो सहयोग गर्ने गरेको बताउँदै यस विपदको समयमा सबै समुदायले कोरोना भाइरसबाट बच्न र बचाउन लाग्नु पर्ने बताउनु भएको छ ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!