Loading... आजः बुधबार , फाल्गुन ७, २०८१

सुर्य सामुदायिक वन उपभोक्ता समूहको १२औं वार्षिक साधारण सभा


 

 

कैलाली भजनी  २०७८ खेम राज पाण्डेय

Insert your Ads code here

कैलालीको भजनीमा रहेको सुर्य सामुदायिक वन उपभोक्ता समूहको १२औं वार्षिक साधारण सभा सार्वजनिक सुनवाई तथा लेखा परीक्षण सम्पन्न भएको छ।

      कैलालीको भजनी नगरपालिका ४ कुडि रहेको सुर्य सामुदायिक वन उपभोक्ता समूहको १२औं वार्षीक साधरण सभाका सभाध्यक्ष संस्थाको अध्यक्ष खोज राम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नं ४का वडा अध्यक्ष जन्ता राम चौधरी रहेका थिए भने उक्त कार्यक्रमका विशिष्ट अतिथि सव डिभिजन कार्यालय भजनीका वन रक्षक प्रकाश विक रहेका थिए भने अतिथिमा वडा नं ४ का वडा सदस्य शिव कुमार चौधरी ,महिला सदस्य रिना चौधरी,छिमेकी सामुदायिक वनका प्रतिनिधि, उपभोक्ता, भलमन्सा,महिला दिदीबहिनी र वातावरण प्रेमी, संरक्षण प्रेमी र समाजसेवि लगाएतका उपस्थित रहेको थियो। भजनी नगरपालिका वडा ४ कुडीमा रहको सुर्य सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभामा संस्थाले आर्थिक बर्ष २०७७/०७८ को आर्थिक वर्षमा १ लाख ९५ हजार ६ सय ८२ को आय व्याय संस्थाका सह सचिव जय राम चौधरीले प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै अतिथिले वन क्षेत्रमा हरियाली पर्यटकीय आकर्षण, आयआर्जन बाट जीविका टेवा पुग्ने , सुशासन राम्रो काम गर्दै आएको, नमूना सामुदायिक वनमा जोड,विधान र कानूनमा रहेर काम गर्न सकिने , सामुदायिकलाई व्यवस्था तथा संरक्षण गर्न ,चोरी निकासा लाई नियन्त्रण गर्नु पर्ने स्थानिय निकाय सधैं सामुदायिक वनले हातेमालो गर्दै जाँदा संरक्षणमा टेवा पुग्ने नेपालमा हाल सम्म २६हजार सामुदायिक वन रहेको बताएका छन्।उक्त कार्यक्रमको स्वागत् मन्तव्य साधु राम चौधरीले गरेको थिए। भने कार्यक्रम सञ्चालक आशा राम चौधरीले गरेका थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!