Loading... आजः शनिबार , श्रावण १२, २०८१

सुशीला पाैडेल हेटौंडा लेडी जेसीजको बर्ष २०२० को अध्यक्ष


हेटौंडा लेडी जेसीजको बर्ष सन् २०२० को अध्यक्षमा सुशिला पौडेल चयन भएकी छिन्। शनिबार भएको २२ औं बार्षिक साधारणसभाले पौडेललाई अध्यक्षमा चयन गरेको हो।

यस्तै कार्यकारिणी उपाध्यक्षमा सृष्टि गोर्खाली र अन्जना श्रेष्ठ तथा उपाध्यक्षमा लिलु पुलामी मगर, दुर्गा बिष्ट, कविता पौडेल र गंगा श्रेष्ठ चयन भएको निर्वाचन आयुक्त गमला राजभन्डारी (अस्मिता श्रेष्ठ) ले जानकारी दिइन्। अध्यक्षमा चयन भएकी पौडेलले बर्ष सन् २०२० लाई नमूनालायक बर्ष बनाउने प्रतिबद्धता जनाइन्।

महिलाको क्षमता विकास संगै उद्यमशीलता विकासमा सघाउने अध्यक्ष पौडेलले बताइन्। ‘महिला दिदीबहिनीहरुको नेतृत्व एवम् व्यक्तित्व विकास संगै सामाजिक कार्यलाई पनि विशेष प्राथमिकता दिनेछौँ’, उनले भनिन्, ‘सबैलाई समेटेर बर्ष २०२० विशेष बनाउने छु।’ तालिमको माध्यमबाट लेडी जेसीजमा आबद्ध सदस्यको क्षमता विकास गर्ने उनले प्रतिबद्धता जनाइन्। साधारणसभामा पूर्व अध्यक्षहरुको आतिथ्यता थियो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!