Loading... आजः शनिबार , श्रावण १२, २०८१

सुष्मिता सुब्बाको परिवारबारे केबी राईले भने मान्छेले मानवताको आधारमा बाँच्न पाउँदैन


गान्तोक, 5 जून। सिक्किम सरकारले कोविड-19को महामारीमा राज्य बाहिर फसेकाहरूलाई ल्याउने पहल गर्दा तय गरेको मानदण्डहरू बारे पर्याप्त आधार नराखि काम गरेको कारण अहिले पुस्तौंदेखि सिक्किममा बसोबासो गर्दै आएका तर कतिपयः कारवस दस्तावेज बनाउन नसकेकाहरूलाई अन्याय भएको हुनाले उनीहरूलाई आफ्नो घरमा फर्कि आउने सिक्किम सरकारले व्यवस्था गर्नुपर्ने सिक्किम रिपब्लिकन पार्टीका अध्यक्ष केबी राईले माग गरेका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै राईले, सिक्किम सरकारको अधिसूचना र नियमहरूमा भएको कमी कम्जोरीको कारण अहिले पूर्व सिक्किमको राउते साजोङमा बाजे, बाउ र आफूसमेत जन्मिएर बस्तै आएको ठाउँ फर्कि आउन नसकेको सुस्मिता सुब्बा र उनको परिवारलाई ठूलो अन्याय भएको अध्यक्ष राईले बताए।
उनले राज्य सरकारले पटक-पटक निकालेको अधिसूचनाले त्यसै पनि मानिसहरू अन्योलमा परेको र बाजेदेखि नातिनीसम्मको पुस्ता सिक्किममा बस्नु भनेको झण्डै एक शताब्दीको कुरा हो र उनीहरूले दस्तावेज बनाएन भन्नमै मानवताको आधारमा पनि उनीहरूलाई आफ्नै घर फर्किआउन नदिनु सबैभन्दा ठूलो पीडादायक कुरा भएको उनले बताए। यसरी नै उनले राज्य सरकारले अहिलेसम्म फर्किआउनेहरूको निम्ति नियमलाई सुधार गरेर सुस्मिता सुब्बा र उनको परिवारलाई आफ्नो घर फर्कि आउने व्यवस्था गर्नुपर्ने बताए। उनले यसको निम्ति सरकारले सुस्मिता जस्तै धेरैजना कारणवस दस्तावेज नहुँदा सिक्किम बाहिर नै बस्नुपरेकोहरूको निम्ति सिक्किम फर्किने व्यवस्था गर्नुपर्ने बताए। उनले धेरै ढिलो हुनुभन्दा अघि नै चाँडै सुस्मिता सुब्बा र उनको परिवारलाई सिक्किम प्रवेश गराएर सुव्यवस्थित ढङ्गमा कोरेण्टिनमा राख्नुपर्ने बताए। उनले यस्तो महामारीको समय प्रशासनिक र राजनीतिक कुरालाई पर सार्दै मानवताको दृष्टिकोणले हेर्नुपर्ने पनि बताएका छन्।
अर्कोतिर मुख्यमन्त्रीको राजनीतिक सचिव तथा एसकेएम प्रवक्ता जेकब खालिङले सुस्मिता सुब्बाको बारे दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको अनि सिक्किम पस्दा सिक्किम सब्जेक्ट, रेसिडेन्सियल सर्टिफिकट अनि भोटर कार्डले मात्र प्रवेश पाउने नियम बनाउनु भनेको त्यो भन्दा अर्को तहको असहाय मानिसहरू पनि बस्नेगर्छन् भन्नेकुरालाई बिर्सिएको कारण असहायहरूलाई धेरै अन्याय भएको बताए। अर्कोतिर उनले सिक्किमभित्र दस्तावेज नभएपनि आफ्नो घर बनाएर बसेको अनि सिक्किम नै उनीहरूको घर भएको व्यक्ति र परिवारलाई तुरन्तै सिक्किम फर्की आउनसक्ने निर्देश दिन मुख्यमन्त्रीलाई आह्वान पनि गरेका छन्। उनले मुख्यमन्त्रीद्वारा आज भोलिमै उक्त निर्देश टास्क फोर्सलाई दिनुपर्ने बताए। एसकेएमलाई जनताले सत्ता परिवर्तन गर्दै दिएको जिम्मेवारी निर्णय परिवर्तन गर्न नभएर जनताको हितमा सही निर्णय गर्न जिम्मेवारी दिएका हुन्। यसरी नै सोझा जनताले सरकारले चाहेको जस्तो कागजपत्र बनाउन नसक्ने मान्छे त्यसो भने मान्छे होइन भन्ने प्रश्न गर्दै अध्यक्ष राईले मान्छेले कागजपत्र बिना मानवताको आधारमा बाँच्न पाउँछ की पाउँदैन सरकारले जवाफ दिनुपर्ने बताए। उनले सुस्मिता सुब्बाको परिवारलाई सिक्किम प्रवेश गर्न दिनुपर्ने र उनीहरूको पीडामा सारा सिक्किमे पीडामा रहेको बताउँदै सरकारले न्याय नदिए पीडितको पक्षमा जनताले अर्को विकल्प खोज्नुनपरोस भनि चेतावनी पनि दिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!