सेन्ट्रल पाण्डमको चारवटा गाउँमा 14 जना कोरोना पोजेटिभ एम्बुलेन्स छैन ट्याक्सीमा बोकिन्दैछ प्राइमेरी कन्टायक
गान्तोक, 22 जुलाई। सिक्किमको पश्चिम पाण्डम समष्टिको 02 सेन्ट्ररल पाण्डम जीपीयुका जनताले प्रशासनमाथि व्यापक असन्तुष्टि व्यक्त गरेका छन्। अहिलेसम्म 14 जनालाई कोरोना पोजेटिभ पुष्टि भइसकेको छ। पाण्डमको भुरुङ, डुगा, चिउरीबोटे, देउराली र जितलाङ पोजेटिभ आइसकेको छ । तीन दिनदेखि लगातार रूपमा क्षेत्रमा कोरोना पोजेटिभको मामिला आइरहेको भए पनि प्रशासन र स्वास्थ्य विभागबाट प्रत्यक्ष पदक्षेप नचालेको स्थानयी चिउरीबोटे वार्ड पञ्चायत भरत कुमार छेत्री, डुगा वार्डका पञ्चायत श्रीमती गङ्गा प्रधान र जिल्ला पञ्चायत सदस्य गणेश छेत्रीले अहिले गाउँमा फैलिएको कोरोना संक्रमित व्यक्तिहरूको प्रारम्भीक सम्पर्कमा रहेका व्यक्तिहरूलाई एम्बुलेन्ससम्म नभएपछि ट्याक्सीमा कोविड 19 जाँचको निम्ति पठाउन बाध्य रहेको बाताए। उनीहरूले गाउँमै सम्पर्कमा रहेकाहरूको रेपिड एन्टीजेन टेस्ट गर्नुपर्ने तथा गाउँमा यत्री कोरोना फैलिएर पनि कन्टेनमेन्ट जोन घोषित गर्नुपर्ने भए पनि प्रशासन अहिलेसम्म मौन रहेको र कुनै पहल नभएको गुनासो गरेका छन्। यसैगरि प्रशासनबाट गाउँमा पेट्रोलिङ गरिनुपर्ने विषयमा पनि प्रशासनबाट कुनै पदक्षेप नभएको बताएका छन्। उनीहरूले क्षेत्रमा कोविड संक्रमणको यस्तो महामारी फैलिरहेको बेला पनि प्रशासन र सिक्किम डिस्टिलेरिजबाट मौनताले जनतामा आतङ्क र त्रासको माहोल भएको बताएका छन्। आज दिउँसो पनि 16जना प्रारम्भिक सम्पर्कमा रहेकाहरूलाई कोविड 19 जाँचको निम्ति पठाइएको छ।
पञ्चायत र जिल्ला पञ्चायत प्रतिनिधिहरूले गाउँलाई कन्टेनमेन जोन घोषित गर्नुपर्ने तथा प्रशासनद्वारा सुरक्षाको व्यवस्थ गरिनुपर्ने माग पनि गरिरहेका छन्। स्थानीय बीडीयोले भने यस मामिलामा पहल गरिरहेको तर अन्य सम्बन्धित निकायबाट कुनै प्रकारको पहल नभएको भन्दै हस्तक्षेपको माग गरेका छन्। उनीहरूले मुख्यरूपमा सिक्किम डिस्टिलेरिजबाट कोरोना संक्रमण फैलिएको हुनाले डिस्टिलेरिज पक्षबाट पनि पहल होस भन्ने धारणा राखेको बताए। यद्यपी अहिलेसम्म कारखाना पक्षबाट कुनै पदक्षेप नचालेको अनि स्थानीय पञ्चायतहरूले नै वाहन बोलाएर भाडा तिरेर प्राइमेरी कन्टाक्टमा भएकाहरूलाई लाने गरेको पनि जानकारी दिए। गाउँको सेनिटाइजेशन पनि गरिनुपर्ने माग गरिएको छ।
तपाइँकाे प्रतिक्रिया
