सेवाग्राहीको सन्तुष्टि अभिवृद्धि सम्बन्धि दुई दिने अन्तरक्रिया कार्यक्रममा
मंसिर २१ बर्दिया राजापुर
राजापुर नगरपालिका र जिआईजेड, नेपालको आयोजनामा २ दिने सामाजिक जवाफदेहिता शासन प्रणालीमा सेवा प्रवाह मार्फत् नागरिकहरूको भावनाको कदर गर्दै सेवाग्राहीको सन्तुष्टि अभिवृद्धि सम्बन्धि दुई दिने अन्तरक्रिया कार्यक्रममा राजापुरमा सुरु भएकोछ ।
मंसिर २१ र २२ ( २ दिन ) सम्म चल्ने अन्तरक्रिया कार्यक्रममा आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरि राजापुर नगरपालिका वार्ड नं.३ स्थित होटल रिभरसाईडमा नगर प्रमुख शिवप्रसाद चौधरीको अध्यक्षतामा सुरु गरिएको हो । कार्यक्रममा उपप्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव बसन्तराज अधिकारी, वडाध्यक्षहरु वडा नं.१ खुशीराम थारु, वार्ड नं.२ धरणिधर थारु, वडा नं. ३ का.बा.वडाध्यक्ष लौटन थारु, वडा नं.४ का वडाध्यक्ष रमणकुमार रेग्मी, वडा नं. ५ का वडाध्यक्ष रामबहादुर थारु, वडा नं.६ का कार्यबाहक वडाध्यक्ष ठाकुरप्रसाद चौधरी, वडा नं.७ का वडाध्यक्ष मथुराप्रसाद चौधरी, वडा नं. ९ का वडाध्यक्ष बिष्णुप्रसाद थारु, प्रशासन शाखाका अधिकृत खड्ग बहादुर वली, योजना तथा अनुगमन उपशाखाका अधिकृत आनन्दप्रसाद जोशी, आर्थिक बिकास शाखाका अधिकृत शोभा पौडेल, सूचना प्रविधि अधिकृत खुशीराम थारु, रोजगार संयोजक रमेशकुमार पोखरेल, बिपद बिज्ञ रविन शर्मा, प्राविधिक सहायक (शिक्षा) चन्द्रबहादुर ठाडा मगर, नापी सर्वेक्षक किरण महतरा, सब इन्जिनियर सुधुम्न हमाल, वरिष्ठ अनुसन्धान सहायक अर्जुन सुनार, सहायक चौथो (खरिदार) बिष्णुप्रसाद चौधरी, सहायक महिला बिकास निरीक्षक प्रतिभा महतरा, नायव पशु प्राविधिक श्री बिनोद थारु, नायब कृषि प्राविधिक सुमन चौधरी समेतका बिषयगत शाखा प्रमुख वा प्रतिनिधिहरुको संचारकर्मि गान्दीप लाल कायस्थ व्यवसायकर्मि कृपा चौधरी जि.आई.जेडका प्रदेश संयोजक निराजन सुवेदी अनिता पोखरेल उपस्थितिरहेको छ ।
कार्यक्रमलाई सहजिकरण बिषय बिज्ञ बिष्णु प्रसाद नेपाल र हेमराज लामिछानेले गर्नु भएको छ । दुई दिने अन्तरक्रिया कार्यक्रम शुभारम्भ मा कार्यक्रम सञ्चालन प्रशासन शाखा प्रमुख तथा अधिकृत छैठौं खड्ग बहादुर वलीले गर्नुभएको थियो भने सहभागीहरुलाई स्वागत तथा सामाजिक जवाफदेहीता बिषयक अन्तरक्रिया कार्यक्रमको उद्देश्य माथी प्रकाश प्रमुख प्रशासकीय अधिकृत बसन्तराज अधिकारीले गर्नुभएको थियो ।