Loading... आजः शनिबार , श्रावण १२, २०८१

सेवाग्राहीलाई दुःख दिन नसक्ने भन्सार विभागका महानिर्देशक दाहालकाेे दाबी


भन्सार विभागले भन्सारमा कार्यरत कर्मचारीले चाहेर सेवाग्राहीलाई दुःख दिन नसक्ने दाबी गरेको छ। विदेशमा निकासी तथा पैठारीमा हुने भन्सार जाँचपासमा झन्झट रहेको भन्दै सेवाग्राहीले गुनासो गरिरहेको बेला भन्सार विभागले भन्सार जाँचपास अत्याधुनिक प्रविधिको प्रयोगद्वारा हुने भएकोले त्यस्तो काममा कर्मचारीले चाहँदैमा सेवाग्राहीले दुःख पाउन नसक्ने दाबी गरेको हो।

६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक सुमन दाहालले भन्सार क्षेत्रमा निकै ठूलो परिर्वतन भइसके पनि त्यसको प्रचारप्रसार हुन नसक्दा भन्सारप्रति जनताको दृष्टिकोण परिवर्तन हुन सकेको बताए। संसारभर जनवरी २६ को दिन विश्व भन्सार दिवस मनाइन्छ।

महानिर्देशक दाहालले भन्सारको क्षेत्रमा आशिकुडा, आशिकुडा प्लसप्लस हुँदै आशिकुडा वल्र्ड जस्ता अत्याधुनिक प्रणाली लागु भइसकेको भन्दै यो प्रणालीले लगभग शतप्रतिशत कारोबारलाई समेटेको भन्दै यसमा कर्मचारीहरुको सहभागिता शून्य हुने बताए। यो प्रणालीले अहिले करका दर, निनिमय दर लगायतसँग स्वचालित रुपमा जोडिएर सोही दरका हाधारमा मूल्यांकन गर्ने गर्छ।

Insert your Ads code here

दाहालले भन्सार अहिले ‘क्यासलेस’ भइसकेको भन्दै अब पेपरलेस हुने प्रक्रिया समेत अघि बढेको बताए। भन्सार विभागसँग आफ्नै जोखिम व्यवस्थापन प्रणाली भएको भन्दै उनले यसका लागि भन्सार विभागले विश्वमा प्रयोग भइरहेका अत्याधुनिक प्रणालीको प्रयोग गरिरहेको बताए।

यो प्रयोगका कारण अहिले पनि जाँचपास भएका आधा भन्दा बढी सामान छुनै नपर्ने अवस्था रहेको उनको भनाइ छ। ‘हामीलाई यति धेरै सामान हातले छामेर कसरी जाँचपास गरिभ्याउँछौँ भन्छन्, तर वास्तविकता त्यस्तो होइन, आधाभन्दा बढी सामानको जाँचपास मेसिनले नै गर्छ।’ दाहालले भने राताेपाटीले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!