Loading... आजः मंगलबार , भाद्र २५, २०८१

सेवा केन्द्र स्तरिय बार्षिक साधारण सभा सम्पन्न, प्रतिनिधीमुलक साधारण सभा असोज १४ गते भुरीगाउमा हुने


असोज ९
बर्दिया राजापुर

हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी सस्था लि को तेस्रो बार्षिक सभा कार्यक्रम अन्तगत राजापुरमा रहेको उत्सव सेवा केन्द्र र राजापुर सेवा केन्द्र सेवा केन्द्र स्तरिय बार्षिक साधारण सभा सुक्रबार सम्पन्न भएको छ ।


राजापुर नगरपालिका वडा नं ८मा रहेको उत्सव सेवा केन्द्र बार्षिक साधारण सभाका सभाअध्यक्ष रामदुलारी थरुनी प्रमुख अतिथी राजापुरनगरपालिका उप प्रमुख मनकलाकुमारी चौधरी बिशिष्ठ अतिथी राजापुर नगरपालिका वडा नं ८का वडा अध्यक्ष राजेश थारु वडा नं ९का वडा अध्यक्ष बिष्ण प्रसाद चौधरी हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी सस्था लिका अध्यक्ष नवराज न्यौपाने रहनु भएको थियो ।

Insert your Ads code here

कार्यक्रममा हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी सस्था लिका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर थापाले कार्यक्रम बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुदै २०७८÷०७९को बास्तविक आय व्यय अनुसार दायित्व तर्फ ५६ करोड २२ लाख २५ हजार ७ सय ३२ रुपैया रहेको छ भने आम्दानी तर्फ ७ करोड ९९ लाख ५३ हजार १ सय ६६ रुपैया मध्ये खर्च ७ करोड ११ लाख ६९ हजार २० रुपैया नाफा ८७ लाख ८४ हजार १ सय ४६ रुपैया रहेको र हाल सम्म भए गरेका काम तथा प्रतिवेदन मा उल्लेख गरिएको बिषयहरु वारे बताउनु भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथी राजापुर नगरपालिका उप प्रमुख मनकला कुमारी चौधरीले सस्थाले गदै आइरहेको कामहरु वारे पनि सेयर सदस्यहरुले साचो राख्नु पर्ने बताउँनु भयो ।


कार्यक्रममा वडा न्. ८का वडा अध्यक्ष राजेश थारु, वडा नं ९का वडा अध्यक्ष बिष्णु प्रसाद थारु बिरुपका कार्यक्रम संयोजक दिपेश चौधरी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।त्यस्तै राजापुर सेवा केन्द्रमा पनि बार्षिक साधारण सभा गरिएको छ । सस्थाका सदस्य लोकराज ढुगानाको सभापपत्विमा भएको कार्यक्रमका प्रमुख अतिथी राजापुर नगरपालिका वडा नं ४का वडा अध्यक्ष विदुर पोखरेल बिशिष्ट अतिथी वडा नं ३का अध्यक्ष प्रसाद थारु रहनु भएको थियो ।
कार्यक्रममा सस्थाका सदस्य लोकराज ढुगानाले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सस्थाको प्रतिनिधीमुलक साधारण सभा असोज १४ गते भुरीगाउमा हुने सस्थाका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनु भएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!