बर्दिया राजापुर
२०७९ साउन १८ बुधबार
अमर शहिद श्री दशरथ चन्द माध्यमिक बिद्यालय राजापुर बर्दियामा लामो समय सम्म शिक्षक रही सेवा निवृत हुन भएका राज कुमार उपाध्याय सोही बिद्यालयको विद्यालय व्यवस्थापन समितीको अध्यक्ष पदमा सर्वसहमतीबाट चयन हुन भएको छ ।
आज बसेको अभिभावक भेलाले अध्यक्षमा राज कुमार उपाध्याय, सदस्यहरुमा सावित्री शर्मा बखरेल, जंजिरवा थारु,जयरानी चौधरी,सितारानी चौधरी, लोहरमान थारुलाई निविरोध चयन गरेको छ भने वडा समितीबाट वडा नं ४का अध्यक्ष विदुर पोखरेल बिद्यालयका प्र.अ. सरोज झा, शिक्षक प्रतिनिधी बलराम भण्डारीलाई सर्वसहमतीबाट चयन गरिएकोछ ।
राजापुर नगरपालिका ४ निवासी राज कुमार उपाध्याय बिगत २ दशक सम्म यसै बिद्यालयको शिक्षक पदमा रहि काम गरि सक्नु भएका उपाध्याय २०७८ माघ महिनामा सेवा निवृत हुनु भएको थियो ।
Insert your Ads code here
गत बर्ष विद्यालय व्यवस्थापन समितीको गठन भइसक्नु पर्नेमा कोभिड १९को कारण गठन हुन सकेको थिएन ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद चौधरीको सभापत्तिवमा भएको भेलामा राजापुरनगरपालिका वडा नं ४का अध्यक्ष बिदुर पोखरेल, शिक्षा शाखा प्रमुख दल बहादुर चौधरी राजनितीकदलका प्रतिनिधीहरु, लगायत ५सय भन्दा बढी अभिभावकहरुको उपस्थित रहेको थियो ।
भेलामा बिद्यालयका लेखापाल हिमांशु चौधरीले गत बर्ष नै विद्यालय व्यवस्थापन समिती गठन नभएकोले आब २०७८/०७९को आय व्यय प्रस्तुत हुन नसकेको बताउदै, आ.व २०७७/०७८ को आय व्यय रु २ करोड ४३ लाख ३३ हजार ६ सय १२ रुपैया र प्राविधिक शिक्षा तर्फ को रु २१ लाख ५१ हजार ४ सय ८८ गरी कुल रु २ करोड ६४ लाख ८५ हजार १ सय १ रुपैया बराबर आय व्ययप्रस्तुत गर्नु भएको थियो ।