Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

सेवा सुविधा कटौती गरेर सामाजिक सुरक्षा भत्ता निरन्तरता दिनुपर्छ: वडाध्यक्ष सुनार


बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिलकवीर सुनारले जनप्रतिनिधीको सेवा सुविधा कटौती गरेर भएपनि वितगदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका सबैलाई सामाजिक सुरक्षाभत्ता प्रदान गर्नुपर्ने माग गर्नूभएको छ।

सङ्घीय सरकारबाट ६० वर्ष उमेर नपुगेका एकल महिला र ख वर्गका अति अशक्त अपाङ्गता भएका लाभग्राहीलाई प्रर्णालीमा इन्ट्री तथा नविकरणको व्यवस्था नगरिएको भन्दै सूचना प्राप्त भएपनि वडा अध्यक्ष सुनारले सामाजिक सुरक्षाभत्ता विगतदेखि प्राप्त गर्दै आएका सबैलाई निरन्तरता दिनुपर्ने माग गर्नुभयो। वडा सचिव सुरेश खड्काले संघीय सरकारको निर्देशन अनुसार ६० वर्ष पुरा नभएका एकल महिला र ख वर्गका अति अशक्त अपांगता भएका लाभग्राहीको चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता प्राप्तीका लागि नविकरण नगरिएको जानकारी दिनुभयो। सरकारको निर्णयपछि हजारौं ब्यक्तिहरु सरकारप्रति निराश भएका छन्। उनीहरुले तत्काल निर्णयमा पुनविचार गर्न माग गरेकाे लाेकप्रिय सन्देशले लेखेको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!