सोनाहा जातीले आफ्नो पहिचान कहिले पाउला त ?
२१ औ सताब्दीको परिभेषमा अहिले पनि हाम्रो देशमा जातिय पहिचान स्थापित हुन सकेको देखीदैन देशको बिभिन्न कालखण्डहरु परिर्वतन भइसक्दा पनि सोनाहा जातीले भने आफ्नो पहिचान पाउन नसकेको बताउदँछन् । राज्यले सधै पछाडी पारीएको परेको भूभाग बर्दिया जिल्ला लगायत कैलाली कन्चनपुर क्षेत्रहरुमा बसोवास गदै आइरहेका सोनाहा जाती आफुहरु थारु चौधरी जातीको नभई अलग जाती भएकोले आफ्नो पहिचानको मागराखी राज्यका बिभिन्न निकायहरुमा पुगेको भएपनि कसैबाट कुनै सुरुवाई नभएको गुनासो गर्दछन् ।
१२सय जनसख्या रहेको सोनाहा जाती बिगतमा नदीको किरानामा बस्ने माछा मार्ने सुन चाल्ने त्यही कामबाट आफ्नो जिबीको पार्जन गदै आइरहेको भएपनि अबको दिनमा आफुहरुलाई रुपान्तरण गदै शिक्षाबाट बन्चीत आफ्ना छोरा छोरीलाई उच्च शिक्षा हासील गराउन सफल भइरहेको समयमा जातीय पहिचान हुन नस्कदा नेपाल सरकारको बिभिन्न पदका लागि आरक्षण हुन नसक्दा त्यसबाट बन्चीत हुन परेकोले के हामी नेपाली होइनौ त ? हाम्रो पहिचान कहीले स्थापित हुने छ त ? हाम्रो जिबीको पार्जनमा राज्यको कहिले ध्यान जाला किन मौन छ त? यस्तै धेरै प्रश्नको जवाफ खोजी रहेका छन् सोनाहा जातीहरु
जातीय पहिचानका लागि अब सोनाहा जातीका युवाहरु नै अग्रसर हुनु पर्ने भएको भन्दै आफ्नो पहिचान स्थापित गर्न राजापुर नगरपालिका १ मुग्हवामा सोनाहा युवा क्लब गठन भएको छ । सोनाहा जातीको उत्थान र विकासका लागि सोनाहा विकास समाज गठन भइ जिवीको पार्जन सुधारका लागि र युवायुवती बालबालिकाहरुलाई शिक्षामा पहुँच बढाउन बिभिन्न क्रियाकलापहरु गदै आइरहेको भएतापनि मूल जातीय पहिचान नहँुदाको पिडाले छटपटाईरहेका सोनाहा जातीलाई राज्यले उनीहरुको कहिले पहिचान स्थापित गर्ने छ ।उनीहरुका सन्तानहरुले उच्च पदका लागि आरक्षणको कोटा कहिले पाउने छन् त ? उनीहरुको अधिकार प्राप्तीका लागि सरोकारवालाहरु सबैको ध्यान जान जरुरी छ ।