Loading... आजः शनिबार , श्रावण १२, २०८१

सोनाहा जातीहरुका लागि नगरपालिकाबाट प्रदान गर्ने सिफारिसहरुमा निःशुल्क प्रदान


बर्दिया राजापुर
२०७८माघ ९ गते प्रकाशित

राजापुर नगरपालिका क्षेत्रमा बसोवास गर्ने सोनाहा जातीहरुका लागि नगरपालिकाबाट प्रदान गर्ने सिफारिसहरुमा निःशुल्क गरेको छ ।
राजापुर नगरपालिकाले सोनाहा जातीलाई सम्मन गदै सोनाहा जातीको उत्थान र विकासका लागि राजापुरनगरपालिकाले प्रदान गर्ने सिफारिस सेवाहरुमा लाग्ने दस्तुर निःशुल्क गरेपछि नेपाल सोनाहा संघका अध्यक्ष बल बहादुर सोनाहाले राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरीलाई धन्यवाद ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको छ ।
धन्यवाद ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा नगर उप प्रमुख मनकलाकुमारी चौधरीलगायतको उपस्थित रहेको थियो ।
नगर प्रमुख शिब प्रसाद चौधरीले विगतका दिन देखी नै सोनाहा जातीको उत्थान र विकास का लागि जिविको पार्जनमा सुधार ल्याउन रसोनाहा जातीलाई सुचिकृत गराउन आफुसधै साथ दिने बताउदै आइरहेको समयमा केही दिन अगाडी प्रधानमन्त्री कार्यालय मा प्ुगी प्रधानमन्त्री शेर बहादुर देउपालाई भेट गरी सोनाहा जातीलाई सुचिकृत गराउन काठमाण्डौ पुग्नु भएको थियो भने हाल आएर पहिलो पटक सोनाहा जातीलाई नगरपालिकाबाट प्रदान गर्ने सेवाहरु मध्येको सिफारिसमा निः शुल्क गरेको हो ।
राजापुर न.पा. अन्तरगत चनौरा,मनपरिपुर,दौलतपुर,मुर्गौवा र हिमालिपुर टोलहरुमा सोनाहा जाती बसोवास गदै आइरहेका छन् भने गेरुवा गाउपालिका लगायत कैलाली कञ्चनपुर क्षेत्रमा पनि सोनाहा जाती बसोवास गदै आइरहेको छ ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!