Loading... आजः मंगलबार , भाद्र २५, २०८१

सोनाहा समुदायको संरक्षण गरिने छ ः प्रधानमन्त्री देउवा


प्रकाशित मिति ः २५ पुष २०७८, आईतवार

काठमाडौं ÷ प्रधानमन्त्री शेरबहादुर देउवाले कैलाली बर्दिया, र कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा रहेका लोपोन्मुख सोनाहा समुदायको संरक्षण गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

नेपाल सोनाहा संघर्ष समितिले शनिबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सोनाहा समुदायप्रति सरकारले विशेष संरक्षण नीति बनाउने बताउनुभएकाे छ ।

Insert your Ads code here

संघर्ष समितिले बर्दियाको राजापुर तथा गेरुवा, कैलालीको चिसापानी तथा कञ्चनपुरको ऐरी लगायतका स्थानमा बसोवास गर्दै आएको सोनाहा जातिलाई लोपोन्मुख जातिमा सूचीकृत गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

प्रधानमन्त्री देउवाले कुनै पनि जातजातिको मौलिक पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएको बताए । उनले भने– सोनाहा जातिको भाषा, संस्कृति, सामाजिक परम्परा र रितिरिवाजको संरक्षण सरकारको दायित्व हो ।

सोनाहा समुदाय वनजंगल नजिक असुरक्षित बसोबाससँगै कर्णाली र महाकाली सहित नदी किनारामा सुन चाल्ने (बालुवामा सुन खोज्ने) र माछा मार्ने पेसा रहँदै आएको छ । नेपालमा सोनाहा जातिको जनसंख्या १२ सय रहेको छ ।

ज्ञापन पत्र बुझाउदै संघर्ष समितिका संयोजक बलबहादुर सोनाहाले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को दफा २ अनुसार सोनाहालाई लोपोन्मुख जातिमा समावेश गर्न पहल गरिदिन प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।

सोनाहा समुदायको समस्या सहित प्रधानमन्त्रीलाई भेट गरेका लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोनाहालाई लोपोन्मुख जातिमा सूचीकृत गर्न आग्रह गरे ।


लुम्बिनी प्रदेशको वर्दियाको राजापुर नगरपालिका र गेरुवा गाँउपालिकामा सोनाहाको बसोवास रहेको बताउँदै प्रदेश प्रमुख शेरचनले भने– यो लोपोन्मुख जाति हो । यसको संरक्षणका लागि अल्पसंख्यक समुदायमा समावेश गर्नुपर्ने उनीहरुको माग छ ।

सर्वोच्च अदालतले छ वर्षअघि नै सोनाहा समुदायलाई लोपोन्मुख समुदायमा सूचीकृत गर्न परामदेश जारी गरे पनि सरकारबाट अझैं औपचारिक निर्णय भएको छैन ।

सो अवसरमा राजापुर नगरपालिका प्रमुख शिवप्रसाद चौधरीले यस वर्षको बेमौसमी वर्षाका कारण आएको बाढीबाट प्रभावित बर्दियाका किसानलाई उचित राहत, कर्णाली नदी नियन्त्रणका लागि तटबन्ध निर्माणका लागि प्रयाप्त वजेट र सोनाहालाई लोपोन्मुख जातिमा सुचीकृत गर्न माग गरे ।

प्रधानमन्त्री देउवाले गत कार्तिकको पहिलो सातामा आएको बेमौसमी वर्षाका कारण प्रभावित बर्दियाको राजापुर, कैलाली, कञ्चनपुर, बझाङ, बैतडी र सुर्खेतको स्थलगत निरीक्षण गरेका थिए ।

सो अवसरमा प्रतिनिधि सभा सदस्य सन्तकुमार चौधरी, संविधान सभा सदस्य हरि श्रीपाईली उपस्थिति रहेको थियो ।
साभार ः–अनुमोदन खबर

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!