Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

सोरेङ महकु कार्यालयमा ७४औं स्वाधीनता दिवस पालन


सोरेङ, १६ अगस्ट । पश्चिम सिक्किमको सोरेङ महकुमा कार्यालयको आयोजनामा कोविड १९-को निर्देशिकालाई अनुपालन गर्दै शनिबार ७४ औं स्वाधीनता दिवस सोरेङमा पालन गरियो। उक्त अवसरमा सिक्किम सरकारका उर्जा एवं श्रम विभागमा मन्त्री एमएन शेर्पा प्रमुख अथितिको रूपमा उपस्थित थिए। यस अतिरिक्त मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा विशिष्ट अथितिको रूपमा उपस्थित थिए। यस अतिरिक्त क्षमता विकास साथै युवा सशक्तीकरण एवं स्वनिर्भर बोर्डका सल्लाहकार बिनोद बस्नेत, अतिरिक्त जिल्लापाल (विकास) गायस पेगा, महकुमा अधिकारी हिम्मत राई, महकुमा पुलिस अधिकारी रोशन गुरुङ, स्थानीय पञ्चायत, बीडीओ, महकुमा अधिनस्थ विभागीय अधिकारीगण र नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति थियो।

सम्बोधन गर्ने क्रममा मुख्य अथिति मन्त्री एमएन शेर्पाले प्रथमत: ७४ औं स्वतन्त्रता दिवसको अवसरमा महकुमावासीलाई बधाई दिँदै देशलाई स्वतन्त्रता दिलाउन शहीद बनेका स्वतन्त्रता सेनानीहरुलाई स्मरण गर्दै उनले श्रद्धाञ्जली अर्पण गरे। मुख्यमन्त्रीको नेतृत्वमा सरकारले सिक्किमे जनताको हितमा उच्च प्राथमिकता दिएर काम गरिरहेको मन्तव्य जाहेर गर्दै सरकारले १५ महिना भित्रमा अनेकौं काम गरेको बताए। मन्त्री शेर्पाले अघि भने, सिक्किम शान्तिमय राज्य हो। जनता सुरक्षित छन्। जातीय सद्भावना एसकेएम सरकारको मूलमन्त्र रहेको बताउँदै मन्त्री शेर्पाले सबैजना सिक्किमे भएर बाँच्नु पर्ने आह्वान गरे। कार्यक्रमलाई विशिष्ट अथिति मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माले पनि सम्बोधन गरे।

स्वाधीनता दिवसको अवसरमा वैश्विक महामारीको संकटकालमा कोविड योद्धा रूपमा अग्रिम पंक्तिमा काम गर्ने सोरेङ महकुमाका स्वास्थ्य विभाग, पुलिस विभाग र नागरिक समाजका प्रतिनिधिलाई महकुमा कार्यलयको तर्फबाट सम्मान पनि मुख्य अथितिको बहुलीबाट गरियो। कार्यक्रममा राज्यपालका सन्देश एडीसी गायस पेगा र मुख्यमन्त्रीको सन्देश महकुमा अधिकारी हिम्मत राईले पाठन गरेका थिए। कार्यक्रमबिच स्वाधीनता दिवस समारोह समितिले मुख्य अथिति मन्त्री एमएन शेर्पा, सोरेङ-च्याखुङ समष्टिका विधायक आदित्य गोले र मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मालाई सम्मान गर्दै स्मृति चिन्ह प्रदान गरे। यसरी नै कोरोना भाइरसको संक्रमण पछि निको भएर घर फर्केकी टिम्बुरबुङ निवासी शोभा सुब्बालाई सम्मान गरे।(सरोज गुरुङ)।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!